Friday, May 31, 2019

राजपाद्धारा विधान समितिलाई मस्यौदा बुझाउन निर्देशन

राजपा नेपालले आउदो मंगलवार सम्ममा पार्टीको अध्यक्ष मण्डलमा पार्टीको विधान मस्यौदा पेश गर्न विधान समितिलाई भनेको छ । शुक्रवार अध्यक्ष मण्डलका संयोजक अनिल झाले विज्ञप्ति निकालेर पार्टीले गठन गरेको विधान समितिलाई आफनो मस्यौदा दिन भनेको छ । अध्यक्ष मण्डलको बैठक आउदो मंगलवार पुन बस्ने छ । यस अघि राजपाले महाधिवशन पश्चात एकल अध्यक्षीय प्रणलीमा जाने निर्णय गर्दै कार्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।


लक्ष्मणलाल कर्णको संयोजकत्वमा बनाइइएको विधान समितिले अध्यक्ष मण्डलमा विधान मस्यौदा पेश गरे पछि त्यसलाई महाधिवेशनमा पेश गरिनु पर्छ । त्यस अघि अध्यक्ष मण्डलले त्यसलाई अनुमोदन गर्नु पर्छ ।
सार्थ झाले शुक्रवार विज्ञिप्ती निकालेर जेठ मसान्त सम्म सदस्यता वितरणका लागी थपिएको अन्तिम समय सिमामा सबैलाई सक्रिय भएर सफल बनाउन भनेको छ ।
 
त्यसको साथै राजपा अध्यक्ष मण्डल बैठकले प्रदेश नम्बर दुईमा बनाउन लागीएको बजेट दिर्घकालन र संघियतालाई महत्वमा राखेर निर्माण गर्न भनेको छ । 

No comments:

Post a Comment