Thursday, May 30, 2019

कम्युनिष्टको घोषणा पत्र जस्तो संघिय बजेट - राजपा नेता

सरकारले वुधवार सघिय संसदमा प्रस्तुत गरेको बजेटलाई राजपा नेपालका नेताले कम्युनिष्ट पार्टीको घोषणा पत्रको संज्ञा दिएका छन । संघिय संसदको संयुक्त बैठकमा वुधवार अर्थमन्त्री डा युवराज खतिवडाले  १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट प्रस्तुत गरेका थिए । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले सरकारको वजेट प्रति टिप्पणी गर्दै वर्तमान नेकपाले तात्कालिन अवस्थामा निर्वाचनताका घोषणा गरेको झुठको पुलिन्दा झै वजेट देखिएको बताए । सबै काम यही वजेट गरे जस्तो प्रस्तुत गरिएको भन्दै महतोले कम्युनिष्ट सरकारले केहि नगर्ने दावी गरे । समाजवादी  पार्टीका अध्यक्ष उपेन्द्र यादव समेत सहभागी सरकारले संघियतालाई समेत ध्यान नदिएको आलोचना चौतर्फी भएको छ । राजपा नेता महतोले संघियतालाई समाप्त पार्न वर्तमान सरकार उद्धत रहेकाले वजेटमा त्यसको महत्व नदिएको बताए । 


सरकारले संघिय सदनमा प्रस्तुत गरेको वजेट माथी संसदमा हुने छलफलमा राजपाले कसरी प्रस्तुत हुने र त्यस मा कसरी संशनेधनहरु हाल्ने भन्नेमा गृहकार्य गरिरहेका छन ।
 
यस अघि सरकारले ल्याएको निती तथा कार्यक्रममा संविधानको सर्वस्विकारोक्रि भएको शब्द उल्लेख भए पछि राजपाले त्यसको विरोध गर्दै संशोधन हालेका थिए ।

No comments:

Post a Comment