Friday, May 3, 2019

प्रदेश नम्बर दुईको नाम मधेश प्रदेश राख्न आयोगको सिफारिश

प्रदेश नम्बर दुईको नामाकारण र स्थायी राजधानी सम्बन्धी सुझाव संकलन गर्न गठित आयोगले प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाममै राख्न सिफारिश गरेको छ । डा हरिवंश झाको नेतृत्वमा प्रदेश सरकारले गठन गरेको तीन सदस्यीय आयोगले प्रदेश दुईको आठ ओटै जिल्लामा गरेको संवादको आधारमा प्रदेश सरकारलाई आफनो प्रतिवेदन दिएको छ । विहिवार मुख्यमन्त्री लालबाबु राउतलाई आयोगले आफनो प्रतिवेदन हस्तानान्तरण गरेको छ ।


प्रदेशको नाम मधेस प्रदेश राख्न ७० प्रतिशत जनताले सुझाव दिएको र  स्थायी राजधानी जनकपुर कायम गर्न ८० प्रतिशत जनताले सुझाव दिएको आयोगले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रदेश दुईको अस्थायी राजधानी पनि जनकपुरमै छन ।

नाम र राजधानीका विषयमा जनभावना बुझ्न डा हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय आयोगले ६ महिना लगाएर प्रतिवेदन तयार पारेको हो ।

२०७५ कात्तिक ११ गते गठित आयोगले प्रदेशका आठै जिल्लामा छलफल गरी सुझाव संकलन गरेको थियो । अधिकांश जनताले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुर कायम गर्न सुझाव दिएको आयोगका एक सदस्यले बताए ।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राउतले प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव केही दिनभित्रै प्रदेशसभामा लैजाने बताए । राउतले भने, ‘प्रतिवेदनमाथि मन्त्रिपरिषद्मा छलफल गरी सदनमा प्रस्ताव लग्नेछौं ।’ आयोगको प्रतिवेदन संसदीय समितिबाट पास भएपछि सदनमा दुई तिहाइले पारित गर्नुपर्छ ।


No comments:

Post a Comment