Wednesday, May 29, 2019

प्रदेश नम्बर दुईका सासंदहरुको आचरण अनुगमन हुने

प्रदेश २ मा प्रदेश सांसदहरुको आचरण र व्यबहार अनुगमन गर्न प्रदेश संसदले अनुगमन समिती बनाएको छ ।  मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश सभा सदस्यहरुको आचरण र व्यबहार अनुगमन गर्नका लागि सभामुख सरोज यादवको सभापतित्वमा समिति बनाइएको छ । बैठकमा सभामुख यादवले पेश गरेको आचरण अनुगमन प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।


समितिको उप सभापतिमा उपसभामुख उपमा देव रहेका छन् । प्रदेश सभा सदस्यहरु रामाशिष यादव, सुरिता साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, सावित्री देवी साह सदस्य रहेका छन् । प्रदेश सभा सचिवलाई समितिको सदस्य सचिवमा राखिएको छ । यो समितिले सांसदहरुको आचरण र व्यबहार अनुगमन गर्दै गल्ती गर्नेलाई कार्वाही समेत गर्न सक्नेछ ।

यसअघि प्रदेशसभाको गत शुक्रबारको बैठकमा सभामुख यादवले मोवाइलको स्वीच अफ राख्न सांसदहरुलाई रुलिङ्ग गरेका थिए । सभामुख यादवले प्रदेशसभाको बैठकमा मोवाइलको स्वीच अफ गर्न भन्दै अफ गर्न नसकिए साइलेन्टमा राख्न भनेका थिए । प्रदेश सभाको बैठक चलिरहेकै समयमा चर्को आवाजामा मोवाइलमा फोन आउने, बैठकमै मोवाइल चलाउने, फोनमा कुरा गर्ने र कुरा गर्दागर्दै बाहिर निस्किने क्रम बढेपछि सभामुख यादवले यस्तो रुलिङ् गरेका थिए ।

No comments:

Post a Comment