Tuesday, May 28, 2019

मधेशमा मधेशी आयोगद्धारा व्यापक अन्तक्रिया

मधेशी आयोगले प्रदेश –२ का विभिन्न जिल्लाहरुमा “मधेशी को समस्या र समाधान ” बारे अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तको अध्यक्षतामा प्रदेश – २ को धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिराहा तथा सप्तरीमा आयोगले नागरिक समाज, जनप्रतिनिधि, प्रशासनिक निकाय तथा पत्रकारसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।


अध्यक्षले पदवहाली गरेको २ महिना नबित्दै आयोगले आफ्नो काम तिव्र गतीमा अगाडि बढाएको हो। आयोगका अध्यक्षको अब प्रदेश–१ को विराटनगर गएर अन्तरक्रियात्मक कार्यक्रम गर्ने तालिका रहेको उनका निजी सचिवालय सदस्य शिवाङ दत्तले बताएका छन ।

मधेश आन्दोलताका मधेशी पार्टीहरुको एजेन्डाको खुलेरै विरोध गरेका दत्तलाई केहि समय अघि वर्तमान नेकपाको सरकारले मधेशी आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।

No comments:

Post a Comment