Sunday, May 26, 2019

नेकपाको मधेशमा विवाद

 
नेपाल कम्युनिष्ट पार्टी,नेकपा प्रदेश २ को संसदीय दलको विवाद सतहमा आएको छ । पार्टीको बैठकले सत्रुधन महतोलाई १५ दिनका लागि संसदबाट निलम्बन गरेको प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए ।‘पार्टीमा अनुशासन विपरित महतोले कार्य गरेका छन्’ उनले भने, चेतावनी स्वरुप उनलाई निलम्बन गरिएकोछ । पार्टीमा अनुशासन कायम राख्नुपर्ने भएकाले महतो समेत सहभागि रहेको बैठकले सर्वसम्मतबाट निर्णय गरेको मण्डलले जनाए । बैठकमा एकमुष्ट रुपमै केहि निर्णयहरु भएको जनाउँदै मण्डलले भने, त्यसमा महतोलाई कार्वाही गर्ने निर्णयपनि भएको हो । वैशाखको अन्तिम हप्ता नै भएको सो निर्णयलाई कार्यान्वयन गर्ने क्रममा शुक्रवार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराइएको उनले बताए । प्रदेश नम्बर २ को धनुषा क्षेत्र नम्बर ४ को ‘ख’ बाट महतो प्रदेशसभा सदस्यमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएक हुन् । उनलाई संसदीय बोर्डले अनुशासनको कारवाही गरेपछि पार्टी भित्रको विवाद चुलिएको छ ।

नेकपाको कोटामा परेको सार्वजनिक लेखा समितिको सभापतिका आधिकारिक उम्मेदवार भरत साहको विरुद्ध नेपाली काँग्रेस र समाजवादी पार्टीको तर्फबाट महतोले विद्रोही उम्मेदवार बनेकाले कार्वाही स्वरुप उनलाई १५ दिनको लागि सांसदबाट निलम्बन गरिएको मण्डलले जनाए । गत फागुनको पहिलो सातामा भएको संसदीय समिति सार्वजनिक लेखा समितिको लागि नेकपाको संसदीय बोर्डले सांसद साहलाई आधिकारीक उम्मेदवार बनाएको थियो । एकै दलबाट उम्मेदवारी दर्ता गराएका सांसद महतो र सांसद साहको उम्मेदवारी रद्द भएपछि मतदान हुन सकेको थिएन ।

मनोनयन पत्रमा समर्थकको रुपमा हस्ताक्षरमा आफ्नो फर्जी हस्ताक्षर गरिएको भन्दै नेकपाका सांसद रामकुमार यादवले संसद सचिवालयमा निवेदन दर्ता गराएका थिए । त्यसपछि दुवै जनाको उम्मेदवारी रद्द भएकोे थियो । पार्टीले अनुशासनात्मक कार्वाही गरेपनि त्यसको अधारमा संसदबाट निलम्बन नहुने सभामुख सरोजकुमार यादवले जनाए ।‘पार्टीको विषय आन्तरिक भएकाले त्यसको अधारमा संसदबाट निलम्बन हुँदैन्’ उनले भने, साँसदलाई केहि खास विषयमा मात्र व्ह्पि उल्लंघन गरे निलम्बन गर्न सकिने प्रावधान छ ।

सभामुख यादवले नेकपा संसदीय दलको नेताले पत्र पठाएको पुष्टि गर्दै भने, तर त्यसको अधारमा निलम्बन गर्न मिल्दैन् । सांसद महतोले निलम्बनको अधिकार मण्डललाई नभएको दावीगर्दै बैठकमा भएको सहमतिलाई उल्लंघन गरी गोप्य स्थानमा निर्णय लेखेर कार्वाही गरिएको आरोप लगाए । ‘बैठकमा सहमति भएको विषयलाइ तत्काल माइन्युट नगरी गोप्य ढंगले गरिएको माइन्युट मान्य हुँदैन्’ उनले भने, बैठकको उपस्थितिमा मेरो हस्ताक्षर रहेपनि निर्णय नै नलेखिएको माइन्युटमा उनीहरुले आफू खुशी गरेका हुन् ।

एमाले र माअ‍ोवादी एकिकृत भएदेखि नै मण्डल र महतो पक्षबीच विवाद चल्दै आएको छ । मण्डल समुहले महतो समुहलाई सिध्याउने गरी अगाडि बढन थालेको आरोप लगाइएको छ । पार्टी संसदीय दलका नेता, उपनेता र समितिका दुवै सभापति समेत मण्डल समुहले लिएपछि पार्टीको प्रमुख सचेतक र सचेतक महतोको सुझाव अनुसार बनाइने सहमति भएको थियो । तर त्यो सहमतिलाई कार्यान्वयन नगरिएको महतो पक्षको आरोप छ ।

No comments:

Post a Comment