Thursday, May 23, 2019

भारतमा पुन मोदी

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपा,भारतीय जनता पार्टीले दर्बिलो बहुमत प्राप्त गरेका छन् । भाजपाले एक्लैले ३ सय ३ सिट जितेका छन भने उनको गठवन्धनले साढे तीन सय सिट जितेको भारतीय संचारमाध्यमहरुले जनाएका छन । विपक्षी कंग्रेस आईका उम्मेदले ५० सिटमा जित हासिल गरेका छ र एक सीटमा अग्रता बनाएको छ । २०१४ को लोकसभा चुनावमा ४४ सीट जितेको कंग्रेस आइले केही सीट बढाउन बाहेक कुनै प्रभाव देखाउन सकेन । सात चरणमा करिब डेढ महिनामा सम्पन्न भारतको लोकसभा चुनावको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । बहुमतका लागि २ सय ७२ सिट चाहिनेमा भाजपा एक्लैले आवश्यकभन्दा  वढी सीटमा बढीमा जित हात पारिसकेको छ ।


भाजपा नेतृत्वको एनडीए, नेसनल डेमोक्रेटिक एलायन्स,  जित र मतगणनामा लिएको अग्रताका आधारमा करिब ३५० सीट जित्ने सम्भावना देखिएको छ । उता कांग्रेस नेतृत्वको यूपीए, युनाइटेड प्रोग्रेसिभ एलायन्स ले करिब ९५ सिट जित्ने अनुमान छ । यसपटक पनि कांग्रेसले प्रतिपक्षी दलको मान्यता पाउन कुल सिटको १० प्रतिशत अर्थात् ५५ सिट नजित्ने देखियो ।

जिजुबाजे जवाहरलाल नेहरुका पालादेखि कांग्रेसले जित्दै आएको उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रमा कांग्रेस अध्यक्ष राहुल गान्धी पराजित भएका छन् । पराजय स्विकार्दै उनले भाजपाकी स्मृति इरानीलाई बधाई दिएका छन् ।

यसैगरी बिहारको बेगुसरायबाट भारतीय कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका जवाहरलाल नेहरु विश्वविद्यालयका चर्चित छात्र नेता कन्हैया कुमार पनि भाजपाका गिरिराज किशोरसँग पराजित भएका छन ।

भारतमा मोदी पुन अर्को कार्यकालको वागडोर सम्हालने निश्चित भए पछि विश्वभरवाट उनलाई बधाई र शुभकामना आउन थालेका छन । नेपालका प्रधानम्न्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दहाल। काग्रेस सभापति शेरबहादुर देउवा,राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो लगायतकाले समेत मोदीलाई शुभकामना र बधाइ दिएका छन ।

No comments:

Post a Comment