Wednesday, May 22, 2019

राजपाद्धारा संसदमा लागातार विरोध

राजपाले मधेस तथा थरुहट आन्दोलनको सम्पूर्ण घटना छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे संसद्मा लागातार विरोध गर्न थालेका छन । उसले संसद्मा पटक पटक प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै आएको छ। प्रतिनिधिसभाको पछिल्लो सबै बैठकमा राजपाले प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो। संसद बैठक सूरु हुना साथ राजपा सांसदहरुले उठेर विरोध जनाउन थालेका छन । त्यस पछि सभामुख कृष्णबहादुर महराले बोल्न समय दिएपछि राजपाका सांसदहरुले प्रतिवेदन सार्वजनिक गर्न र मधेस आन्दोलनमा लगाइएका झुटो मुद्दा फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराउन थालेका छन। उनीहरुले ‘संसद् अवरुद्धको चेतावनी समेत दिएका छन ।


सांसदहरुले सभामुखको रुलिङ सरकारले वेवस्ता गरेकोप्रति पनि ध्यानाकर्षण गराएका छन । सभामुख महराले राजपाले उठाएका विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका छन ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न अघिल्लो अधिवेशनमै सभामुख महराले २ पल्ट सरकारलाई रुलिङ गरेका थिए। तर सरकारले चासो नै दिएको छैन।

संसद्मै प्रधानमन्त्री केपी ओलीले अध्ययनपछि चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७३ असोज २ गते लाल नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको थियो।

आयोगले ०७४ माघ २९ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो तर सरकारले प्रतिवेदन अझै सार्वजनिक गरेको छैन। सार्वजनिक गर्न माग गर्दै राजपाले पछिल्लो समय संसद् अवरुद्ध गर्दै आएको छ।

No comments:

Post a Comment