Monday, May 20, 2019

निर्वाचन आयोगद्धारा सिके राउतको दल दर्ता

मुलधारको राजनितीमा आए पछि दल दर्ताको निवेदन दिएको सिके राउतलाई निर्वाचन आयोगले सोमवार दल दर्ता गरेको छ । राउतको नेतृत्वमा जनमत पार्टीलाई आयोगले सोमवार दर्ता गरेको हो । गएको १५ बैशाखमा राउत सहित उनको कार्यसमितिको ३५ जना पुगेर दल दर्ताका लागी निवेदन दिएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार सोमवार आयोगले वैद्यानिक रुपमा पार्टी दर्ता गरे पछि सो दलले थप कामहरु अगाडी वढाउने प्रक्रिया सुरु गरेको छ ।


गएको फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरे पछि गरेका राउतले ‘जनमत पार्टी’ नामको दल खोल्ने निर्णय गरेको थियो । सरकारसँग सहमति भएपछि लहानमा बसेको राउत नेतृत्वको तात्कालीन स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सरकारसँगको सहमतिलाई साकारात्मक भन्दै जनमत पार्टीको दल दर्ता गराउने निर्णय गरेको थियो । यसअघि राउतले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुटै मधेसको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका थिए ।



No comments:

Post a Comment