Sunday, May 19, 2019

राजपा अब अध्यक्षीय प्रणलीमा

कार्तिकमा हुने महाधिवेशन पछि राष्टिय जनता पार्टी नेपाल अध्यक्षीय प्रणालीमा जाने भएको छ । गएको विहिवार देखि काठमाडौमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले पार्टीको विधान संशोधन गर्दै महाधिवेशन पछि अध्यक्ष मण्डलको सटा अध्यक्षीय प्रणालीमा पार्टी जाने निर्णय गरेको छ । आइतवार बैठक पछि संयोजक शरदसिंह भण्डारीले विज्ञप्ति निकालेर अध्यक्ष मण्डलको बैठकले विधान संशोधन गरेर जानकारी दिएका छन । राजपाले पार्टी एकिकरण पछि दुई बर्ष भित्र गर्ने एकता महधिवेशनको समय पनि तीन बर्ष पुर्याएको छ । दुई बर्ष अगाडी तात्कालिन मधेशी मोर्चामा आबद्ध ६ ओटा पार्टीहरुले एकिकरण गरेर राजपा नेपाल गठन गरेका थिए । एकिकरण पछि राजपा ६ सदस्यीय अध्यक्षय मण्डलद्धारा संचालित हुदै आएको छ । आइतवार अध्यक्ष मण्डलको बैठकले विधान संशोधन गरे पछि राजपाले त्यसको जानकारी निर्वाचन आयोगलाई समेत गराएका छन । महासचिव केशव झाले आइतवार नै आयोगलाई राजपा बैठकको निर्णयहरु बुझाइएको बताए ।


यस अघि पटक पटक पार्टी विधान बनाउन  बनाउन समिति गठन हुदा पार्टी अध्यक्षीय प्रणाली मा जाने कि अध्यक्ष मण्डलीय प्रणालीमा जाने भन्नेमा विवाद रह्दै आएको थियो । पछिल्लो पटक गएको बैशाख दोस्रो हप्ता बसेको राजपा पदाधिकारी बैठकले पुन लक्ष्मणलाल कर्णको नेतृत्वमा विधान समिति बनाएको थियो  । यस पटक कर्ण नेतृत्वले समितिले पार्टीको मुल नेतृत्व अध्यक्षीय प्रणलीमा राख्ने र अध्यक्ष मण्डलीय प्रणलीमा राख्ने भन्ने कुरा टुग्याउन माग गरेका थिए । आइतवार सकिएको अध्यक्ष मण्डलको बैठकले यसको टुगो लगाए पछि विधान समितिले एक दुई दिन दिनमै पार्टीको महनधिवेशनमा पेश हुने नयां विधान तयार हुने जनाएका छन । समिति सदस्य समेत रहेका महासचिव झाले सोमवार देखि मंगलार सम्ममा विधान समितिको अन्तिम बैठक बस्ने तयारी भइरहेको बताए ।

अध्यक्षीय प्रणालीमा जाने निर्णय भए पछि विधान समितिले अव पार्टीको केन्द्रिय समितिको पदाधिकारी मोडल सहित अन्य कुराको टुगो लाग्ने छन । त्यसको साथै पार्टीको पदाधिकारी सहित अन्य समितिहरुको समेत टुगो नयां विधानले लाग्ने छन ।







No comments:

Post a Comment