
गएको मंसीरमा फोरमले विचार र मुद्धा मिल्ने दलहरु संग एकिकरण गर्न नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली गठन गरेका थिए । उक्त वार्ता टोली गठन भए पछि फोरमले एकिकरणका लागी राजपालाई पत्र पठाएको थियो । राजपा संगको पत्राचारको चर्चा बाहिर चले पनि फोरमले एकिकरणका लागी ठोस पहल नयां शक्ति संग थालेका थिए ।
निर्वाचन पुर्व पनि भटराई संगको फोरमको एकिकरणको चर्चा चले पनि त्यो हुन सकेको थिएन । तर यस पटक उपेन्द्र यादव र बाबुराम भटराईको विचमा नेतृत्वको लेनदेन मिले पछि एकिकरण हुन लागेको छ ।
फोरम उच्च स्रोतका अनुसार एकिकरण पछि बन्ने नयां पार्टीको केन्द्रमा २५ सदस्यीय राष्टिय केन्द्रिय परिषद गठन गर्ने सहमती भएको छ । जसमा बहुमत सदस्य यादवको तर्फवाट हुने छ । उपेन्द्र यादवलाई २५ सदस्य मध्ये बहुमत सदस्इ दिएर कार्यकारी अध्यक्ष दिने र बाबुराम भटराई लाई अध्यक्ष बनाएर केहि सदस्यहरु दिने सहमती दुवै पक्षको विचमा भएको । २५ सदस्यीय परिषदमा फोरमवाट १६ जना र नयां शक्तिवाट ९ जना राख्ने भए पछि यादवले भटराईलाई अध्यक्ष मान्न तयार भएको हो र यद्यपी यादवलाई भटरराईले कार्यकारी बनाउने सहमती भएको छ ।
दुवै पक्षको विचको वर्ता सहमती तफै उन्मुख भए पछि नयां बन्ने पार्टीको नाम देखि अन्य कामहरु समेत कामहरु सुरु भएका छन । फोरमका एक नेताका अनुसार पार्टीको नाममा समाजवादी राख्ने गरि गृहकार्य थालिएको छ ।
No comments:
Post a Comment