Friday, May 31, 2019

राजपाद्धारा विधान समितिलाई मस्यौदा बुझाउन निर्देशन

राजपा नेपालले आउदो मंगलवार सम्ममा पार्टीको अध्यक्ष मण्डलमा पार्टीको विधान मस्यौदा पेश गर्न विधान समितिलाई भनेको छ । शुक्रवार अध्यक्ष मण्डलका संयोजक अनिल झाले विज्ञप्ति निकालेर पार्टीले गठन गरेको विधान समितिलाई आफनो मस्यौदा दिन भनेको छ । अध्यक्ष मण्डलको बैठक आउदो मंगलवार पुन बस्ने छ । यस अघि राजपाले महाधिवशन पश्चात एकल अध्यक्षीय प्रणलीमा जाने निर्णय गर्दै कार्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

Thursday, May 30, 2019

कम्युनिष्टको घोषणा पत्र जस्तो संघिय बजेट - राजपा नेता

सरकारले वुधवार सघिय संसदमा प्रस्तुत गरेको बजेटलाई राजपा नेपालका नेताले कम्युनिष्ट पार्टीको घोषणा पत्रको संज्ञा दिएका छन । संघिय संसदको संयुक्त बैठकमा वुधवार अर्थमन्त्री डा युवराज खतिवडाले  १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट प्रस्तुत गरेका थिए । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले सरकारको वजेट प्रति टिप्पणी गर्दै वर्तमान नेकपाले तात्कालिन अवस्थामा निर्वाचनताका घोषणा गरेको झुठको पुलिन्दा झै वजेट देखिएको बताए । सबै काम यही वजेट गरे जस्तो प्रस्तुत गरिएको भन्दै महतोले कम्युनिष्ट सरकारले केहि नगर्ने दावी गरे । समाजवादी  पार्टीका अध्यक्ष उपेन्द्र यादव समेत सहभागी सरकारले संघियतालाई समेत ध्यान नदिएको आलोचना चौतर्फी भएको छ । राजपा नेता महतोले संघियतालाई समाप्त पार्न वर्तमान सरकार उद्धत रहेकाले वजेटमा त्यसको महत्व नदिएको बताए । 

Wednesday, May 29, 2019

प्रदेश नम्बर दुईका सासंदहरुको आचरण अनुगमन हुने

प्रदेश २ मा प्रदेश सांसदहरुको आचरण र व्यबहार अनुगमन गर्न प्रदेश संसदले अनुगमन समिती बनाएको छ ।  मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश सभा सदस्यहरुको आचरण र व्यबहार अनुगमन गर्नका लागि सभामुख सरोज यादवको सभापतित्वमा समिति बनाइएको छ । बैठकमा सभामुख यादवले पेश गरेको आचरण अनुगमन प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।

Tuesday, May 28, 2019

मधेशमा मधेशी आयोगद्धारा व्यापक अन्तक्रिया

मधेशी आयोगले प्रदेश –२ का विभिन्न जिल्लाहरुमा “मधेशी को समस्या र समाधान ” बारे अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तको अध्यक्षतामा प्रदेश – २ को धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिराहा तथा सप्तरीमा आयोगले नागरिक समाज, जनप्रतिनिधि, प्रशासनिक निकाय तथा पत्रकारसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।

Sunday, May 26, 2019

नेकपाको मधेशमा विवाद

 
नेपाल कम्युनिष्ट पार्टी,नेकपा प्रदेश २ को संसदीय दलको विवाद सतहमा आएको छ । पार्टीको बैठकले सत्रुधन महतोलाई १५ दिनका लागि संसदबाट निलम्बन गरेको प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए ।‘पार्टीमा अनुशासन विपरित महतोले कार्य गरेका छन्’ उनले भने, चेतावनी स्वरुप उनलाई निलम्बन गरिएकोछ । पार्टीमा अनुशासन कायम राख्नुपर्ने भएकाले महतो समेत सहभागि रहेको बैठकले सर्वसम्मतबाट निर्णय गरेको मण्डलले जनाए । बैठकमा एकमुष्ट रुपमै केहि निर्णयहरु भएको जनाउँदै मण्डलले भने, त्यसमा महतोलाई कार्वाही गर्ने निर्णयपनि भएको हो । वैशाखको अन्तिम हप्ता नै भएको सो निर्णयलाई कार्यान्वयन गर्ने क्रममा शुक्रवार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराइएको उनले बताए । प्रदेश नम्बर २ को धनुषा क्षेत्र नम्बर ४ को ‘ख’ बाट महतो प्रदेशसभा सदस्यमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएक हुन् । उनलाई संसदीय बोर्डले अनुशासनको कारवाही गरेपछि पार्टी भित्रको विवाद चुलिएको छ ।

Saturday, May 25, 2019

समाजवादी पार्टीको प्रदेश स्तरीय कार्यक्रम सुरु

बाबुराम भटराई र उपेन्द्र यादवले पार्टी एकिकरण पछि गठन गरेर बनाएको समाजवादी पार्टीले शनिवार देखि प्रदेश स्तरीय कार्यक्रम सुरु गरेका छन । सात ओटै प्रदेशमा कार्यक्रम गरेर पार्टी एकिकरण पछिको अवस्था वारेमा जानकारी दिने उदेश्यले दुवै शिर्ष नेताहरु प्रदेश तर्फ लागेका हुन । शनिवार प्रदेश नम्बर १ को विराटनगरमा आयोजित कार्यकममा भटराई र  यादव दुवैले केन्द्रिय सरकारको आलोचना गरेका थिए । यद्यपी यादव वर्तमान केन्द्रिय सरकारमा उपप्रधानमन्त्री हुन ।

Thursday, May 23, 2019

भारतमा पुन मोदी

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपा,भारतीय जनता पार्टीले दर्बिलो बहुमत प्राप्त गरेका छन् । भाजपाले एक्लैले ३ सय ३ सिट जितेका छन भने उनको गठवन्धनले साढे तीन सय सिट जितेको भारतीय संचारमाध्यमहरुले जनाएका छन । विपक्षी कंग्रेस आईका उम्मेदले ५० सिटमा जित हासिल गरेका छ र एक सीटमा अग्रता बनाएको छ । २०१४ को लोकसभा चुनावमा ४४ सीट जितेको कंग्रेस आइले केही सीट बढाउन बाहेक कुनै प्रभाव देखाउन सकेन । सात चरणमा करिब डेढ महिनामा सम्पन्न भारतको लोकसभा चुनावको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । बहुमतका लागि २ सय ७२ सिट चाहिनेमा भाजपा एक्लैले आवश्यकभन्दा  वढी सीटमा बढीमा जित हात पारिसकेको छ ।

Wednesday, May 22, 2019

राजपाद्धारा संसदमा लागातार विरोध

राजपाले मधेस तथा थरुहट आन्दोलनको सम्पूर्ण घटना छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे संसद्मा लागातार विरोध गर्न थालेका छन । उसले संसद्मा पटक पटक प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै आएको छ। प्रतिनिधिसभाको पछिल्लो सबै बैठकमा राजपाले प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो। संसद बैठक सूरु हुना साथ राजपा सांसदहरुले उठेर विरोध जनाउन थालेका छन । त्यस पछि सभामुख कृष्णबहादुर महराले बोल्न समय दिएपछि राजपाका सांसदहरुले प्रतिवेदन सार्वजनिक गर्न र मधेस आन्दोलनमा लगाइएका झुटो मुद्दा फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराउन थालेका छन। उनीहरुले ‘संसद् अवरुद्धको चेतावनी समेत दिएका छन ।

Monday, May 20, 2019

निर्वाचन आयोगद्धारा सिके राउतको दल दर्ता

मुलधारको राजनितीमा आए पछि दल दर्ताको निवेदन दिएको सिके राउतलाई निर्वाचन आयोगले सोमवार दल दर्ता गरेको छ । राउतको नेतृत्वमा जनमत पार्टीलाई आयोगले सोमवार दर्ता गरेको हो । गएको १५ बैशाखमा राउत सहित उनको कार्यसमितिको ३५ जना पुगेर दल दर्ताका लागी निवेदन दिएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार सोमवार आयोगले वैद्यानिक रुपमा पार्टी दर्ता गरे पछि सो दलले थप कामहरु अगाडी वढाउने प्रक्रिया सुरु गरेको छ ।

Sunday, May 19, 2019

राजपा अब अध्यक्षीय प्रणलीमा

कार्तिकमा हुने महाधिवेशन पछि राष्टिय जनता पार्टी नेपाल अध्यक्षीय प्रणालीमा जाने भएको छ । गएको विहिवार देखि काठमाडौमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले पार्टीको विधान संशोधन गर्दै महाधिवेशन पछि अध्यक्ष मण्डलको सटा अध्यक्षीय प्रणालीमा पार्टी जाने निर्णय गरेको छ । आइतवार बैठक पछि संयोजक शरदसिंह भण्डारीले विज्ञप्ति निकालेर अध्यक्ष मण्डलको बैठकले विधान संशोधन गरेर जानकारी दिएका छन । राजपाले पार्टी एकिकरण पछि दुई बर्ष भित्र गर्ने एकता महधिवेशनको समय पनि तीन बर्ष पुर्याएको छ । दुई बर्ष अगाडी तात्कालिन मधेशी मोर्चामा आबद्ध ६ ओटा पार्टीहरुले एकिकरण गरेर राजपा नेपाल गठन गरेका थिए । एकिकरण पछि राजपा ६ सदस्यीय अध्यक्षय मण्डलद्धारा संचालित हुदै आएको छ । आइतवार अध्यक्ष मण्डलको बैठकले विधान संशोधन गरे पछि राजपाले त्यसको जानकारी निर्वाचन आयोगलाई समेत गराएका छन । महासचिव केशव झाले आइतवार नै आयोगलाई राजपा बैठकको निर्णयहरु बुझाइएको बताए ।

Monday, May 6, 2019

फोरम–नया शक्तिको विचमा एकता घोषणा

नयां पार्टीको नाम - समाजवादी पार्टी, नेपाल 

पुर्वप्रधानमन्त्री डा बाबुराम भटराई र उपप्रधानमन्त्री उपेन्द्र यादवले आफनो नेतृत्वको नयां शक्ति पार्टी र संघिय समाजवादी फोरमको विचमा एकिकरण गर्दै समाजवादी पार्टी, नेपाल गठन गरेको छ । सोमवार नेपाल प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरेर यी दुई नेताले पार्टी एकिकरणको घोषणा गरेका हुन । गएको शनिवार नै पार्टी एकिकरण गर्ने सहमती गरेको भटराई र यादवले गरेका थिए । सोमवार एकिकरण घोषणा गर्न आयोजित कार्यक्रममा यादवले भटराईलाई नयां पार्टीको संघिय परिषदको अध्यक्षको घोषणा गरेका थिए । त्यस पछि भटराईले यादवलाई नव गठित पार्टीको केन्द्रिय समिति अध्यक्षको घोषणा गर्दै अन्य २३ पदाधिकारीहरुको नाम घोषणा गरेका थिए ।

Sunday, May 5, 2019

सरकारको निती तथा कार्यक्रम प्रति राजपाको तीव्र असन्तुष्टि

फोरम अध्यक्ष उपेन्द्र यादव समेत सामेल वर्तमान सरकारले ल्याएको निती तथा कार्यक्रम प्रति राष्टिय जनता पार्टी, राजपा नेपालले तीव्र असन्तुष्टि जनाएका छन । सरकारको तर्फवाट राष्टपतिले प्रतिनिधीसभामा प्रस्तुत गरेको निती तथा कार्यक्रममा संविधान संशोधनको सटा सर्वस्विकार्य भइसकेको कुरा उल्लेख भए पछि राजपाले त्यस प्रति संशोधन नै हालेका छन । निती तथा कार्यक्रम माथी आइतवार प्रतिनिधीसभामा बोल्दै राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधन नगरे सम्म आफुहरुले विरोध गरिरहने बताए । महतोले सरकार र त्यसमा सामेल रहेका दलहरुलाई तत्काल त्यो सच्चाउन समेत भने ।

Saturday, May 4, 2019

फोरम र नयां शक्ति द्धारा एकिकरणको घोषणा

पुर्वप्रधानमन्त्री डा बाबुराम भटराइ नेतृत्वको नयां शक्ति पार्टी र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम विचमा पार्टी एकिकरण हुने भएको छ । शनिवार डा भटराई र यादवले पार्टी एकिकरण गर्ने सहमती पत्रमा हस्ताक्षर गरेका हुन । उनीहरुले हस्ताक्षर गरेकको सहमती पत्रमा अव एकिकरण पछि बन्ने नयां पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ रहने उल्लेख छ । सहमती पत्रमा आउदो सोमवार पार्टी एकिकरणको घोषणा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रम मार्फत गरिने जनाइएको छ ।

Friday, May 3, 2019

प्रदेश नम्बर दुईको नाम मधेश प्रदेश राख्न आयोगको सिफारिश

प्रदेश नम्बर दुईको नामाकारण र स्थायी राजधानी सम्बन्धी सुझाव संकलन गर्न गठित आयोगले प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाममै राख्न सिफारिश गरेको छ । डा हरिवंश झाको नेतृत्वमा प्रदेश सरकारले गठन गरेको तीन सदस्यीय आयोगले प्रदेश दुईको आठ ओटै जिल्लामा गरेको संवादको आधारमा प्रदेश सरकारलाई आफनो प्रतिवेदन दिएको छ । विहिवार मुख्यमन्त्री लालबाबु राउतलाई आयोगले आफनो प्रतिवेदन हस्तानान्तरण गरेको छ ।

Thursday, May 2, 2019

राजपा सहित एकिकरणका लागी छलफल

नयां शक्ति र फोरम विचमा भइरहेको एकिकरण राजपा सहित गर्नका लागी विहिवार देखि छलफल सुरु भएको छ । नयां शक्तिका संयोजक तथा पुर्वप्रधानमन्त्री बाबुराम भटराई र फोरम अध्यक्ष उपेन्द्र यादव तथा राजपा नेताद्धय महन्थ ठाकुर र राजेन्द्र महतो विचमा विहिवार छलफल भएको छ छ । वुधवार नयां शक्ति र फोरम नेपालको विचमा एकिकरण गर्न अनौपचारिक सहमती भए पछि विहिवार राजपा सहित अन्य साना पार्टीहरुलाई समेत त्यसमा सहभागी गराउने वारेमा छलफल भएको छ ।

Wednesday, May 1, 2019

फोरम-नयां शक्तिको विच एकताको अन्तिम तयारी तीव्र

उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपाल र पुर्वप्रधानमन्त्री बाबुराम भटराई नेतृत्वको नयां शक्तिको विचमा एकिरणको अन्तिम तयारी स्वरुप बैठकहरु तीव्र भएको छ । फोरम उच्च स्रोतका अनुसार एकिकरण हुने देखिए पछि उनले आउदो २७ बैशाख दे्खि जनकपुरमा गर्ने भनिएको महाधिवेशन हाललाई स्थगीत गर्न लागेको छ । २१ गते फोरमले जनकपुरमा बोलाएको केन्द्रिय समिति बैठक पनि अव काठमाडौमा गर्न लागेको छ । उता नयां शक्ति पार्टीले समेत २० गते नै सचिवालय बैठक बोलाएको छ ।