संघिय समाजवादी फोरम नेपालको प्रदेश नम्बर दुईको अध्यक्षमा विजय यादव विजयी भएका छन । सिरहाको लहानमा भएको फोरम प्रदेश नम्बर दुईको अधिवेशनमा विजय यादवले प्रदेश अध्यक्षमा पार्टीका केन्द्रिय उपाध्यक्ष रेणु यादव र प्रदेश सासंद अशोक यादवलाई पराजित गर्दै विजयी भएका छन । रेणु यस अघि पार्टीको केन्द्रिय उपाध्यक्ष सहित प्रदेश दुईका संयोजक समेत थिए ।
लहान अधिवेशनवाट फोरमको प्रदेश को् अध्यक्षमा निर्वाचित भएका विजय यादव प्रदेश सरकारमा अर्थ तथा योजना मन्त्री समेत छन । सिरहाका विजय यादव फोरमको केन्द्रिय कोषाध्यक्ष समेत हुन । लहान अधिवेशनले अध्यक्षमा विजय यादव सहित सदस्यह्रु समेत निर्वाचित गरेका छन । निर्वाचित अधयक्षले उपाध्यक्ष सहित पदाधिकारीहरु मनोनित गर्ने प्रावधान छ ।
फोरममा प्रदेश नम्बर दुईमा आकाक्षीहरुको संख्या वढी भए पछि निर्वाचनको प्रक्रिया मार्फत नेतृत्वको चयन भएको छ ।
फोरमको प्रदेश दुईको अधिवेशनमा ४ सय ५ मतदाता थिए ।
No comments:
Post a Comment