Wednesday, April 24, 2019

राजपा बैठकमा अध्यक्ष-मण्डलको चर्को आलोचना

राजपा नेपालमा अगामी महाधिवेशनवाट एकल नेतृत्वमा पार्टीलाई लैजाने बहस चलीरह्दा पदाधिकारी बैठकमा अध्यक्ष मण्डलको चर्को आलोचना भइरहेको छ । गएको आइतवार देखि काठमाडौमा सुरु भएको पदाधिकारी बैठकमा पदाधिकारीहरुले मंगलवार धारणा राख्ने क्रममा अध्यक्ष मण्डलकै कारण पार्टी कमजोर देखिएको खारेज गर्दै एकल अध्यक्षीय प्रणालीमा पार्टी लैजान माग गरेको छ । राजपाले अगामी महाधिवेशनवाट विधानमै व्यस्था गरेर एकल प्रणालीमा जाने वारेमा आन्तरिक तयारी गरिरह्दा अधिकांश पदाधिकारीले वर्तमान अध्यक्ष मण्डलको काम कारवाहीहरुको चर्को आलोचना गरेका छन । वुधवारको बैठकमा समेत पदाधिकारीहरु बोल्ने क्रम नसकिएका बैठक विहिवार पनि बस्ने राजपाले जनाएको छ । 


हालको अध्यक्षमण्डल संरचना खारेज गरी महाधिवेशन आयोजक समिति बनाउन पदाधिकारीहरूले सुझाब दिएका छन । यस अघि अध्यक्ष मण्डलको बैठकले महन्थ  ठाकुरको नेतृत्वमा महाधिवेशन मुल तयारी समिति बनाइसकेका छन । जसको अध्यक्ष मण्डलमा राजकिशोर यादव र महेन्द्र यादवले विरोध गरेका थिए । 

बैठकमा बोल्ने धेरै नेताहरूले पार्टीको महाधिवेशनको सक्दो चाडो गर्न माग गरेका छन । सोमबारको बैठकमा अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले महाधिवेशन सम्बन्धमा एकता महाधिवेशन र नियमित महाधिवेशन गर्ने दुई विकल्प पेस गरेका थिए । संयोजक भण्डारीको एकता महाधिवेशन गरेर पार्टीलाई एकल नेतृत्वमा लैजानु पर्नेमा जोड थियो । जारी पदाधिकारी बैठकले महाधिवेशनको मिति र कार्यतालिका तय गर्ने कार्यक्रम रहेको राजपाले जनाएको छ ।   








No comments:

Post a Comment