Friday, April 26, 2019

राजपाले कार्तिक २८-३० मा महाधिवेशन गर्ने

राजपा नेपालले पार्टीको एकता महाधिवेशन नियमित प्रक्रियाले आउदो कार्तिकमा गर्ने निर्णय गरेको छ । गएको आइतवार देखि काठमाडौमा बसेको राजपा नेपालको पदाधिकारी बैठकले कार्तिकको २८ देखि ३० गते महाधिवेशन गर्ने निर्णय गरेको बैठकपछि संयोजक शरदसिह भण्डारीले विज्ञिप्ती जारी गरेर जानकारी दिएका छन । महाधिवेशनको स्थान भन्ने तय गरिएको छैन । 


यस अघि राजपाले यही बैशाखको ७ देखि ९ सम्म महाधिवेशन गर्ने घोषणा गरेको थियो । तर आन्तरिक तयारी नपुगे पछि राजपाको महाधिवेशन स्थगीत भएको थियो । महाधिवेशन स्थगति भए पछि बसेको राजपा पदाधिकारी बैठकले कार्तिकमा नयां महाधिवेशनको मिती घोषणा गर्द महन्थ ठाकुरको संयोकत्वमा मुल तयारी समिति समेत गठन गरेको छ । 

यसै गरि बैठकले पार्टीको विधान बनाउनका लागी नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा समेत ९ सदस्यीय विधान समिति समेत गठन गरेको छ । महासचिव केशव झाका अनुसार पदाधिकारी बैठकले गरेको निर्णयहरु सबै नेताहरुको सहमतीमा गरिएको छ । बैठकले त्यसको साथै विरुद्ध सडक र सदन दुर्वमा संघर्ष समेत गर्ने निर्णय गरेको छ । बैठकले नागरिता समस्या समेत सुल्झाउन माग गरेको संयोजक भण्डारीले जारी गरेको विज्ञिप्तमा उल्लेख छ ।

No comments:

Post a Comment