Monday, April 29, 2019

राजपाको विधान समितिद्धारा काम सुरु

अघिल्लो हप्ता सकिएको राजपा पदाधिकारी बैठकले गठन गरेको विधान समिति सोमवार देखि काम सुरु गरेको छ । नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान समितिको पहिलो बैठक सोमवार बसेको हो । नेता कर्णका अनुसार अव लगातार बैठकहरु गरेर सक्दो चाडो यो समितिले राजपाको विधान बनाउने काम गर्छन । मंगलवार यो समितिले पार्टीका अध्यक्ष मण्डलसंग छलफल गर्ने कार्यक्रम बनाएका छन ।

यस अघि पनि राजपाले पार्टीको  विधानका लागी दुई दुई चोटी यस्तो समिति बनाएको थियो । उक्त समितिहरुले काम समेत गरेका थिए । नेता कर्णका अनुसार ती समितिहरुले समेत काम गरेको कुराहरुलाई यो समितिले ग्रहण गर्दै काम अगाडी वढाउने योजना बनाइएको छ । 


यो समितिले बनाउने विधान पार्टीमा पेश गरेर आउदो महाधिवेशनवाट पारित गराउनु पर्ने हुन्छ । राजपाले आउदो कार्तिकको २८ देखि ३० गतेमा पार्टीको महाधिवेशन गर्ने नया मिती घोषणा गरेको छ ।

No comments:

Post a Comment