Sunday, April 28, 2019

सिके राउतद्धारा पार्टी दर्ताका लागी निवेदन

मुलधारको राजनितीमा आएको सिके राउतले आइतवार दल दर्ताको लागी निर्वाचन आयोगमा निवेदन दिएका छन । जनमत पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन दर्ता गराएको राउतले बताएका छन । पार्टीका केन्द्रीय अध्यक्ष राउत सहित केन्द्रीय कमिटीका ३५ जना  सदस्य पुगेर दल दर्ताका लागि निवेदन दर्ता गराएका हुन् ।


जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहका अनुसार आइतवार साढे ३ बजेको समयमा आयोगको कार्यालयमा निवेदन दर्ता गरिएको हो ।

आयोगले दल दर्ताका लागि मागेको ५ सय जना नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित नामावली बुझाइएको सिंहले बताए । दल दर्ताका लागि प्रक्रिया शुरू भएकाले आयोगले छानबिन गरेर दल दर्ताको प्रमाण पत्र दिनेछन् । औपचारिक रुपले आवश्यक पर्ने सबै कागजात समेत बुझाइएको सिंहले बताए ।

No comments:

Post a Comment