Thursday, April 25, 2019

जनकपुरमा मन्दिरका हजारौ विघा जग्गा पुन हिनामिना

जनकपुरधाम उपमहानगरपालि ११ स्थित मनोकामना सिद्ध हनुमान मन्दिरको जग्गा भू–माफियाहरुले कब्जा गरेको रहस्य खुलेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सियाराम साहले  पत्रकार सम्मेलन गरी जग्गा कब्जा भएको खुलासा गरेका हुन् । उनका अनुसार मन्दिरका साढे ११ विघा जग्गा जग्गा मोही र जोतहाको किर्ते कागज बनाई भू–माफियाहरूले कब्जा गरेको जानकारी दिए ।

उनका अनुसार भूमि सुधार कार्यालयले किर्ते कागजको आधारमा मोही कायम गरेको र नापी शाखा धनुषाले व्यतिmहरुको नाममा श्रेस्ता कायम गरेको छ । भू–माफियाहरुले नापी र भुमि सुधार कार्यालयका कर्मचारीलाई ठूलो रकम खुवाएर जग्गाको श्रेस्ता कायम गरेको उनले आरोप समेत लगाएका छन् ।
मन्दिरको जग्गा किर्ते गरी अतिक्रमण गरेको गुनासो पटक पटक सम्बन्धित निकायमा गरेपनि कसैले वास्ता नगरेको पनि अध्यक्ष साहको गुनासो छ । उनले भने, ‘जग्गा अतिक्रमण भएपछि मन्दिर संचालनमा पनि समस्या भएको छ ।’ अतिक्रमित जग्गामा निधी भौतिक संरचना समेत खडा भइसकेको उनले थपे ।
यस अघि पनि जनकपुरमा रहेका प्रमुख मठ मन्दिरका जग्गाहरु महन्थ र  भुमाफियाहरुले विभिन्न चलखेल गरेर हिनामिना गरेका थिए ।

No comments:

Post a Comment