Wednesday, April 24, 2019

मुद्धा फिर्ताका लागी सिके राउतले सरकारलाई बुझाए नामहरु

गएको २४ फागुनमा सरकारसंग ११ बुदे सहमती गर्दै मुलधारको राजनितीमा आएको सिके राउतले वुधवार गृहमन्त्रालयमा मुद्धा फिर्ताका लागी नामावली पेश गरेका छन । तीन बर्ष अगाडी संविधान विरुद्ध मधेशमा भएको आन्दोलनमा मुद्धा लागेकाहरुको मुद्धा फिर्तामा कुनै चासोमा नदेखाएको सरकारले राउतसंगको सहमतीलाई प्राथमिकतामा राखेको  देखिन्छ । वुधवार राउतको तर्फवाट चन्दन सिंहले गृह मन्त्रालयका सचिव प्रेम राईलाई भेटेर नामावली बुझाएका हुन । सरकार संगको सहमती पछि मधेशी पार्टीहरु राजपा र फोरम प्रति आक्रमणक हुदै राउतमा मधेशमा संगठन विस्तारमा लागेका हुन । उनले जनमत पार्टी पनि गठन गर्ने निर्णय गरेको छ । 


सरकार संगकोे सम्झौता अनुसार राउतले आफना नेता कार्यकर्ताहरुमाथि लागेको राज्य विरुद्धको अपराध सहितका सबै मुद्दाहरु फिर्ता लिने गरि नामावली पठाएका हुन । करिब चार सयजनाको नामावली वुधवार सिंहले गृहसचिवलाई बुझाएका हुन । 

राज्यद्रोह, राज्य विप्लव, निर्वाचन कसुर, बालबालिका दुरुपयोग, सार्वजनिक अवपराधको मुद्दा, हातहातियार खरखाजना, अभद्र व्यवहार, गाली गलौज, सार्वजनिक शान्ति विरुद्धको, झुठा अपवाह फैलाइएको लगायतका मुद्दा सिके राउतको कार्यकर्तामा माथि लागेको थियो ।  जेलमा रहेका उनको सम्पूर्ण कार्यकताहरु रिहा भइसकेका छन् । 






No comments:

Post a Comment