Tuesday, April 23, 2019

फोरमका जिल्ला अधिवेशनहरु सर्दै

सत्तारुढ संघिय समाजवादी फोरम नेपालको आसन्न महाधिवेशनको समय नजिकिदै गएपनि जिल्ला अधिवेशन सर्दै छन् । पार्टीको सर्वाधिक जनाधार भएको प्रदेश २ का ८ जिल्ला मध्ये हाल सम्म पर्सा र सर्लाही बाहेकमा अधिवेशन हुन सकेको छैन् । प्रदेश अधिवेशन १३ र १४ गते लहानमा तोकिएको छ । आठ जिल्लाको १ सय ३६ स्थानीय तहको प्रतिनिधित्व हुनुपर्ने प्रावधान छ । तर जिल्ला अधिवेशनहरु हुन सकेको छैन् । जिल्ला समन्वय समिति बनाइएकाले विगत जस्तो अधिकार नयाँ विधानमा छैन् । प्रदेश र स्थानीय तहलाई शक्तिशाली बनाईएको छ ।


अघिल्लो हप्ता मात्रै विवादका माझ पर्सा जिल्लामा भएको अधिवेशनवाट संघिय साँसद प्रदीप यादव जिल्ला अध्यक्षमा छानिएका थिए । अधिवेशनको मिती संगै पर्सा फोरमका विवाद भएको थियो ।  प्रदेशमा केन्द्रिय सदस्य र पदाधिकारीहरुको आकर्षण बढेको छ । ‘११ गते भित्र अधिवेशन नसकिने जिल्ला कमिटीहरु विघटन हुनेछ’ प्रदेश मुख्य सचिव शम्भु झाले भने, सबै जिल्ला कमिटीहरुलाई आवश्यक निर्देशन गईसकेको छ ।
जिल्ला समन्वय समितिलाई अधिकार कम भएपनि अध्यक्ष बन्न रस्साकस्सी छ । अध्यक्षका लागि जिल्लाहरुमा विवाद देखिएको छ । 

धनुषामा तीन जना अध्यक्षका लागि दावी गरेका छन् । पशुपति यादव, सत्रुधन यादव र दिनेश यादव प्रतिष्पर्धामा देखिएका छन् । सप्तरीको अधिवेशन ११ गते हुने बताईएको छ । रौतहट, बारा, महोत्तरी, सिरहाको अधिवेशनपनि हुन सकेको छैन् । प्रदेश मुख्य सचिव झाका अनुसार सहमति हुने संभावना नभएका जिल्लाहरुमा मतदानबाटै नेतृत्व छानिने छ ।

जिल्लाहरुमा गुटमा विभाजित फोरमका लागि सहमतिमा नेतृत्व चयन गर्न समस्या देखिएको छ । यसैबीच विद्यार्थीहरुको महाधिवेशन जनकपुरधाममा वैशाख २४ र २५ गते हुने भएकोछ । सबै भातृ संगठनहरुलाई पार्टीको महाधिवेशन अगावै महाधिवेशन गर्नुपर्ने बाध्यात्मक निर्देशन केन्द्रिय समितिले दिएको छ । फोरमको केन्द्रिय महाधिवेशन २७  देखि २९ बैशाखमा जनकपुर हुदै छ । 

No comments:

Post a Comment