Monday, April 22, 2019

राजपा बैठकमा महाधिवेशन माथी जोड

राजपा नेपालको आइतवार देखि सुरु भएको पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष मण्डलका नेताहरुले महाधिवेशन गर्नमा जोड दिएका छन  । बैठकको दोस्रो दिन सोमवार अध्यक्ष मण्डलका ६ ओटै अध्यक्षहरुले महाधिवेशनमा जोड दिएका हुन । आइतवार सुरु भएको बैठकमा संयोजक शरदरसिंह भण्डारीले पार्टीको महाधिवेशन सहित तीन ओटा एजेन्डाहरु प्रस्तुत गरेका थिए । सोमवार बोल्ने क्रममा अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुरले पार्टी एकिकरणको तीन बर्ष पुगे पनि महाधिवेशन हुन नसकेको भन्दै सक्दो चाडो पार्टीको महाधिवशन गर्नु पर्नेमा जोड दिएका थिए । अर्का सदस्य राजेन्द्र महतोले नियमित महाधिवेशन नभए पनि विशेष तरिकाले पनि पार्टीको महाधिवेशनमा जानु पर्नेमा जोड दिएका थिए । 


संयोजक भण्डारीले विशेष महाधिवेशनको प्रस्ताव आइतवार मात्रै पदाधिकारीहरु माझ राखेका थिए । त्यस अघि यो प्रस्ताव वारेमा अध्यक्ष मण्डल बैठकमा समेत छलफल भएको थियो । भण्डारीले पार्टीको घोषीत नियमित महाधिवेशन हुन सकेको भन्दै एकिकरण भएको ६ ओटै केन्द्रिय समितिहरु सहित सासंद, जिल्ला तह र स्थानियतहका प्रमुख नेताहरु सहित पार्टीवाट निर्वाचनमा उम्मेदवारी दिएका नेताहरुलाई समेटेर विशेष महधिवेशन गर्ने प्रस्ताव गरेका हुन । 

यस अघि राजपाले यही बैशाखको ७ –९ गते पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको थियो । राजपा प्रवक्ता संतोष मेहताका अनुसार पदाधिकारी बैठकमा बोल्ने क्रममा सबै अध्यक्ष मण्डलका नेताहरुले महाधिवेशन गर्नु पर्नेमा जोड दिएका थिए । अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले जुन विधी वाट भए पनि  पार्टीको महाधिवेशनमा ढिलाई गर्नु नहुने तर्क गरेका थिए । अर्का सदस्य महेन्द्र यादवले तल्लो तहवाटै सब निकायहरुको अधिवेशन गरेर नियमित महाधिवेशनमा जानु पर्नेमा जोड दिएका थिए । जारी पदाधिकारी बैठका मंगलवार देखि पदाधिकारीहरले बोल्ने कार्यतालिका रहेको महासचिव केशव झाले जानकारी दिए । तीन दिनका लागी बोलाइएको बैठक केहि दिन लम्बिने भएको छ । 

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध ६ ओटा पार्टीहरु मिलेर राजपा नेपाल गठन भए पछि एकता महधिवेशन गर्नु पर्ने कानुनी बाध्ता भए पनि राजपाले पटक पटक निर्वाचन आयोगमा पत्र लेख्दै महाधिवेशन सार्दै आइरहेका छन । एकिकरण पछि जिल्ला तहहरुमा पार्टीमा समस्या भए पछि महाधिवेशनकै लागी घोषणा गरिएको सदस्यता वितरणको समय पनि पटक पटक थपिदै आएको छ । 

No comments:

Post a Comment