
प्रदेश दुईको अधिवेशन लहानमा सुरु
केन्द्रिय महाधिवेशनको तयारी भइरह्दा प्रदेश नम्बर दुईको अधिवेशन शुक्रवार लहानमा सुरु भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रदेश अधिवेशनको उद्धघाटन गरेका थिए । प्रदेश नम्बर दुईमा प्रदेश सरकार समेत चलाइरहेको फोरममा प्रदेश नेतृत्वका लागी शुक्रवार राती सहमती नजुटेको खण्डमा शनिवार निर्वाचन गरिएर नेतृत्वको छिनोफानो गर्ने तयारी भएको छ ।
प्रदेश नेतृत्वका लागी नेतृ रेणु यादव र प्रदेश सरकारका अर्थ मन्त्री विजय यादवको विचमा प्रतिस्पर्धा हुने देखिएको छ । सर्वसम्मत भएको खण्डमा मुख्यमन्त्री लालबाबु राउत समेत नेतृत्वका इच्छा व्यक्त गरेका छन । यद्यपी सर्वसम्मत हुने छाटकाट नदेखिएको नेताहरुले बताएका छन ।
यस अघि फोरमको जिल्लातहहरुमा समेत निर्वाचन मार्फत नै नेतृत्वको छिनोफानो भएको थियो ।
No comments:
Post a Comment