Sunday, April 21, 2019

राजपाको पदाधिकारी बैठक सुरु

राजपा नेपालको पदाधिकारी बैठक आइतवार देखि काठमाडौमा सुरु भएको छ । पार्टीको महाधिवेशन, फोरमसंग पछिल्लो समयमा एकिकरणको चलेको चर्चा र प्रदेश सरकारको समिकक्षा गर्न राजपाले आइतवार देखि पदाधिकारी बैठक गरेको जनाएको छ । आइतवार दिउसो पार्टी कार्यलयमा सुरु भएको पदाधिकारी बैठकमा राजपा सयोजक शरदसिंह भण्डारीले बैठकमा एजेन्डाहरु प्रस्तुत गरेका थिए । 


यही बैशाखको ७ देखि ९ सम्म पार्टीको एकता महाधिवेशन गर्न नसके पछि राजपा भित्र अव कसरी महाधिवेशन गर्ने भन्ने बहस पछिल्लो समयमा बाक्लीएको छ । हालै बसेको अध्यक्ष बैठकमा संयोजक भण्डारीले महाधिवेशन गर्ने तीन ओटा प्रस्तावहरु राखेका थिए । तीन बर्ष अगाडी ६ ओटा मधेशी पार्टीहरु एकिकरण गरेर राजपन नेपाल गठन भए पछि एकता महधिवेशन हुन सकेको छैन । महासचिव केशव झाका अनुसार तीन दिन सम्म चल्ने पदाधिकारी बैठकले महाधिवेशनको वारेमा  नयां निर्णय लिने छन । ‘आइतवार पहिलो दिनको बैठकमा संयोजकज्युले एजेन्डाहरु राखीरहेका छन’ झाले भने– ‘अव पदाधिकारीले त्यस प्रति धारणा राखे पछि एउटा नयां निर्णय हुनेछ ।’

आइतवारको पहिलो दिनको बैठकले त्यसको साथै महोत्तरी पिपरा गाउपालिकाका अध्यक्ष विनोद चौधरीको निधनमा समेत दुख व्यक्त गरेका छन । राजपावाट चौधरी गाउपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनको आइतवार नै निधन भएको थियो । राजपा संयोजक भण्डारीले एक विज्ञिप्ती समेत निकालेर चौधरीको निधनले पार्टीलाई अमुल्य क्षती भएको भन्दै दुख व्यक्त गरेका थिए । 

No comments:

Post a Comment