Saturday, April 20, 2019

राजपाले मनायो तेस्रो बार्षीकोत्सव

महाधिवेशन तय गर्न पदाधिकारी बैठक बस्दै 

मधेशी पार्टीहरु एकिकरण गरेर गठन भएको राष्टिय जनता पार्टी नेपालले शनिवार तेस्रो बर्षगाठ मनाएको छ । तीन बर्ष अगाडी तात्कालिन संयूक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध ६ घटकहरु पार्टी एकिकरणको घोषणा गर्दै राजपा नेपाल भन्ने नयां दल गठन गरेका थिए । पार्टीे एकिकरणको मिती बैशाख ७ गतेलाई बर्षगाठ मनाउदै आइरहेको राजपाले शनिवार काठमाडौ सहित मधेशका सबै जिल्लाहरुमा पार्टी स्थानि दिवसको उपलक्ष्यमा कार्यक्रमहरु गरेका थिए ।

काठमाडौको कालिकास्थान स्थित अमृतभोग पार्टी प्यालेसमा केन्द्रिय समितिले आयोजना गरेको भेटघाट तथा जलपान समारोहमा प्रमुख दलहरुका नेताहरु, नेपाल स्थित कुटनितिक नियोगका अधिकारीहरु सगै विभिन्न संघसस्थाको साथै नागरिक अगुवाहरुको उपस्थिती थियो । राजपाको तेस्रो बर्षगाठको शुभकानमना दिन काग्रेस सभापति शेरबहादुर देउवा, नयां शक्तिका संयोजक डा बाबुराम भटराई, अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी, राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशम्भेर राणा लगायतका  शिर्ष नेताहरु कार्यकममा पुगेका थिए । नेकपा नेता तथा वर्तमान सरकारकाम परराष्टमन्त्री प्रदीप ज्ञवाली पनि कार्यक्रममा पुगेर राजपालाई शुभकामना दिएका थिए । कार्यक्रममा फोरम अध्यक्ष उपेन्द्र यादव भने पुगेका थिएन ।


कार्यक्रममा पत्रकारहरु संग कुरा गर्दै राजपा संयोजक शरदसिंह भण्डारीले ६ ओटा पार्टीहरु मिलेर गठन भएको राजपा चाडै नै महाधिवेशन गरेर सश्क्क्त र वैकल्पीक पार्टी निर्माणको अभिायनमा अगाडी वढन लागेका बताए । ‘वर्तमान सरकार संग जुन अपेक्षा हामीले गरेका थियौ, त्यो पुरा हुने छाटकाट देखिएन’ भण्डारीले भने –‘त्यही भएर हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिदै विरोधमा उत्रेका छौ ।’

राजपाले काठमाडौ जस्तै मधेशका जिल्लाहरुमा पनि स्थानिय समितिहरुको अगुवाईमो भेटघाट र जलपान कार्यक्रमहरु आयोजना गरेको जनाएको छ । मधेश आन्द्योलन संगै संगै गरेका मधेशी पार्टीहरु एकिरण गरेर निर्वाचनमा संगै गएका थिए । प्रदेश नम्बर दुई र केन्द्रमा राजपा नेपाल देसैो र तेसो शक्ति छन । प्रदेश नम्बर दुईमा फोरम नेपाल संग मिलेर सरकार चलाईरहेको राजपा केन्द्र सरकार विरुद्ध पछिल्लो समयमा विरोध प्रर्दशन गर्दै आइरहेका छन ।

पदाधिकारी बैठक बस्दै 


निर्धारित मितीमा महाधिवेशन गर्न नसकेको राजपाले अव कहिले र कसरी महाधिवेशन गर्ने भन्नेका लागी आइतवार देृखि पदाधिकारी बैठक गर्न लागेका छन । यस अघि राजपाले यही बैशाख ७ देखि ९ गते सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर आन्तरिक तयारी नपुगेको भन्दै घोषीत महाधिवेशन हुन सकेनन । दुई हप्ता अगाडी मात्रै बसेको राजपा अध्यक्ष मण्डलको बैठकले पदाधिकारी बैठक गरेर अर्को महाधिवेशनको मिती र ढाचा वारेमा निष्कर्ष निकालीने निचोड निकालेका थिए । आइतवार दिउसो १ वजे देखि काठमाडौ स्थित पार्टी कार्यलयमा बस्ने पदाधिकारी बैठकमा अध्यक्ष मण्डलले एजेन्डा प्रस्तुत गर्ने र त्यस पछि पदाधिकारीहरुले त्यस माथी बोल्ने क्रम सुरु हुने राजपाले जनाएको छ । ६ ओटा पार्टीहरु संग एकिकरण भएकाले राजपाको पदाधिकारी संख्या पनि १ सय ३० भन्दा माथी रहेको राजपा पार्टी कार्यलयले जनाएको छ ।

No comments:

Post a Comment