Sunday, April 21, 2019

फोरम-महाधिवेशनको तयारी तीव्र

संघिय समाजवादी फोरम नेपाल महाधिवेशन तयारीको अन्तिम चरणमा पुगेको छ । आउदो बैशाखको २७ देखि जनकपुरमा हुने फोरमको महाधिवेशनको लागी फोरम स्थानिय, क्षेत्रिय, जिल्ला र प्रदेशहरुको अधिवेशन सकाउन लागेका छन । अशोक राई नेतृत्वको तात्कालिन पार्टी संग एकिकरण गरे पछि फोरमले एकता महाधिवेशन गर्न सकेको छैन । एकिकरण लगतै मधेशमा भएको आन्दोलन र त्यस पछि पार्टी निर्वाचनमा होमिएका कारण फोरमको महाधिवेशन हुन सकेको थिएन । 


गएको निर्वाचनवाट प्रदेश नम्बरदु दुईमा पहिलो पार्टी बन्दै फोरम प्रदेश सरकारको समेत नेतृत्व गरेका छन । यसै गरि केन्द्रिय सरकारमा समेत फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री सहित सहभागी भएका छन । प्रदेश र केन्द्र दुवै सरकारमा सहभागी फोरमको महाधिवेशन जनकपुरमा हुने भए पछि प्रदेश देखि केन्द्र सम्मका नेताहस् त्यसमा सक्रिय रुपमा लागी परेको छ । 

महाधिवेशनकै लागी फोरमले विभिन्न तयारी समितिहरु सहित पाटीैको विधानमा समेत परिर्माजन गर्न समिति  बनाएको छ । 

No comments:

Post a Comment