Monday, April 29, 2019

रेणुलाई पराजित गर्दै विजय यादव फोरमको प्रदेश नम्बर दुईमा विजयी

संघिय समाजवादी फोरम नेपालको प्रदेश नम्बर दुईको अध्यक्षमा विजय यादव विजयी भएका छन । सिरहाको लहानमा भएको फोरम प्रदेश नम्बर दुईको अधिवेशनमा विजय यादवले प्रदेश अध्यक्षमा पार्टीका केन्द्रिय उपाध्यक्ष रेणु यादव र प्रदेश सासंद अशोक यादवलाई पराजित गर्दै विजयी भएका छन । रेणु यस अघि पार्टीको केन्द्रिय उपाध्यक्ष सहित प्रदेश दुईका संयोजक समेत थिए । 

राजपाको विधान समितिद्धारा काम सुरु

अघिल्लो हप्ता सकिएको राजपा पदाधिकारी बैठकले गठन गरेको विधान समिति सोमवार देखि काम सुरु गरेको छ । नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान समितिको पहिलो बैठक सोमवार बसेको हो । नेता कर्णका अनुसार अव लगातार बैठकहरु गरेर सक्दो चाडो यो समितिले राजपाको विधान बनाउने काम गर्छन । मंगलवार यो समितिले पार्टीका अध्यक्ष मण्डलसंग छलफल गर्ने कार्यक्रम बनाएका छन ।

यस अघि पनि राजपाले पार्टीको  विधानका लागी दुई दुई चोटी यस्तो समिति बनाएको थियो । उक्त समितिहरुले काम समेत गरेका थिए । नेता कर्णका अनुसार ती समितिहरुले समेत काम गरेको कुराहरुलाई यो समितिले ग्रहण गर्दै काम अगाडी वढाउने योजना बनाइएको छ । 

Sunday, April 28, 2019

सिके राउतद्धारा पार्टी दर्ताका लागी निवेदन

मुलधारको राजनितीमा आएको सिके राउतले आइतवार दल दर्ताको लागी निर्वाचन आयोगमा निवेदन दिएका छन । जनमत पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालयमा निवेदन दर्ता गराएको राउतले बताएका छन । पार्टीका केन्द्रीय अध्यक्ष राउत सहित केन्द्रीय कमिटीका ३५ जना  सदस्य पुगेर दल दर्ताका लागि निवेदन दर्ता गराएका हुन् ।

Friday, April 26, 2019

फोरमको केन्द्रिय महाधिवेशन एक हप्ता सर्दै

आउदो २७ गते देखि जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरेको संघिय समाजवादी फोरमले तयारी नपुगेको भन्दै एक हप्ता पर सार्ने तयारी गरेको छ । महाधिवेशन तयारीको लागी तल्लो निकायहरुको अधिवेशन धमाधम गर्दै आइरहेका फोरमले केहि थप तयारी गर्नु पर्ने बताउदै २७ बैशाखको सटा १ वा २ जेठ देखि जनकपुरमै महाधिवेशन गर्ने आन्तरिक तयारी गरेका छन । जसको औपचारिक निर्णय फोरमले आउदो २१ गते केन्द्रिय समिति बैठकवाट गर्ने भएको छ । फोरमको केन्द्रिय समिति बैठक आउदो २१ गते जनकपुरमा बस्दै छ ।

राजपाले कार्तिक २८-३० मा महाधिवेशन गर्ने

राजपा नेपालले पार्टीको एकता महाधिवेशन नियमित प्रक्रियाले आउदो कार्तिकमा गर्ने निर्णय गरेको छ । गएको आइतवार देखि काठमाडौमा बसेको राजपा नेपालको पदाधिकारी बैठकले कार्तिकको २८ देखि ३० गते महाधिवेशन गर्ने निर्णय गरेको बैठकपछि संयोजक शरदसिह भण्डारीले विज्ञिप्ती जारी गरेर जानकारी दिएका छन । महाधिवेशनको स्थान भन्ने तय गरिएको छैन । 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत द्धारा मनोमानी

मधेश आन्दोलनको आडमा मधेश भनेर कहलीएको प्रदेश नम्बर दुईको मुख्यमन्त्री बनेका फोरम नेता लालबाबु राउतले मनोमानी रुपमा काम गरेको खुलेको छ । प्रदेश सरकारको सबै भन्दा वढी वजेट र शक्ति मुख्यमन्त्री कार्यलयमा केन्द्रित गरेका राउतले मधेश देखि काठमाडौ सम्म आफनो स्वार्थमा विभिन्न व्यक्तिलाई लाखौ रकम वाडेको खुलेको छ । सरकारसंग अति विपन्न र असहायलाई सहयोग गर्न केहि पैसा राख्ने चलनको दुरुपयोग गर्दै मुख्यमन्त्री राउतले आफनो पार्टी निकटका लाई समेत पैसा वाडेको छ । मुख्यमन्त्रीले वाडेको रकक पाएको व्यक्रिहरुको नाम सार्वजनिक भए अनुसार मधेश आन्दोलनमा पिडा र सहयोगहरुको नाम छैन वरु उनलाई पार्टी र उनलाई प्रत्यक्ष सहयोग गर्नेहरुको नाम देखिएको छ । धनुषा जिविसको करोडौ रकम भ्रष्टारचारमा मुछिएका जनकपुरका नामुद डन भनेर चिनिएका जीवनाथ चोधरीलाई पनि राउतले १० लाख रुपैया दिएको छ । प्रदेश नम्बर दुईमा दुई जना मन्त्रीले अर्बौ रकम आफनो स्वार्थमा रकमानान्तर गरेको समाचार आए लगत्तै मुख्यमन्त्रीको मनोमानी समेत सार्वजनिक भएको छ । पढनुस विस्तृत विवरण

Thursday, April 25, 2019

जनकपुरमा मन्दिरका हजारौ विघा जग्गा पुन हिनामिना

जनकपुरधाम उपमहानगरपालि ११ स्थित मनोकामना सिद्ध हनुमान मन्दिरको जग्गा भू–माफियाहरुले कब्जा गरेको रहस्य खुलेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सियाराम साहले  पत्रकार सम्मेलन गरी जग्गा कब्जा भएको खुलासा गरेका हुन् । उनका अनुसार मन्दिरका साढे ११ विघा जग्गा जग्गा मोही र जोतहाको किर्ते कागज बनाई भू–माफियाहरूले कब्जा गरेको जानकारी दिए ।

Wednesday, April 24, 2019

राजपा बैठकमा अध्यक्ष-मण्डलको चर्को आलोचना

राजपा नेपालमा अगामी महाधिवेशनवाट एकल नेतृत्वमा पार्टीलाई लैजाने बहस चलीरह्दा पदाधिकारी बैठकमा अध्यक्ष मण्डलको चर्को आलोचना भइरहेको छ । गएको आइतवार देखि काठमाडौमा सुरु भएको पदाधिकारी बैठकमा पदाधिकारीहरुले मंगलवार धारणा राख्ने क्रममा अध्यक्ष मण्डलकै कारण पार्टी कमजोर देखिएको खारेज गर्दै एकल अध्यक्षीय प्रणालीमा पार्टी लैजान माग गरेको छ । राजपाले अगामी महाधिवेशनवाट विधानमै व्यस्था गरेर एकल प्रणालीमा जाने वारेमा आन्तरिक तयारी गरिरह्दा अधिकांश पदाधिकारीले वर्तमान अध्यक्ष मण्डलको काम कारवाहीहरुको चर्को आलोचना गरेका छन । वुधवारको बैठकमा समेत पदाधिकारीहरु बोल्ने क्रम नसकिएका बैठक विहिवार पनि बस्ने राजपाले जनाएको छ । 

मुद्धा फिर्ताका लागी सिके राउतले सरकारलाई बुझाए नामहरु

गएको २४ फागुनमा सरकारसंग ११ बुदे सहमती गर्दै मुलधारको राजनितीमा आएको सिके राउतले वुधवार गृहमन्त्रालयमा मुद्धा फिर्ताका लागी नामावली पेश गरेका छन । तीन बर्ष अगाडी संविधान विरुद्ध मधेशमा भएको आन्दोलनमा मुद्धा लागेकाहरुको मुद्धा फिर्तामा कुनै चासोमा नदेखाएको सरकारले राउतसंगको सहमतीलाई प्राथमिकतामा राखेको  देखिन्छ । वुधवार राउतको तर्फवाट चन्दन सिंहले गृह मन्त्रालयका सचिव प्रेम राईलाई भेटेर नामावली बुझाएका हुन । सरकार संगको सहमती पछि मधेशी पार्टीहरु राजपा र फोरम प्रति आक्रमणक हुदै राउतमा मधेशमा संगठन विस्तारमा लागेका हुन । उनले जनमत पार्टी पनि गठन गर्ने निर्णय गरेको छ । 

Tuesday, April 23, 2019

फोरमका जिल्ला अधिवेशनहरु सर्दै

सत्तारुढ संघिय समाजवादी फोरम नेपालको आसन्न महाधिवेशनको समय नजिकिदै गएपनि जिल्ला अधिवेशन सर्दै छन् । पार्टीको सर्वाधिक जनाधार भएको प्रदेश २ का ८ जिल्ला मध्ये हाल सम्म पर्सा र सर्लाही बाहेकमा अधिवेशन हुन सकेको छैन् । प्रदेश अधिवेशन १३ र १४ गते लहानमा तोकिएको छ । आठ जिल्लाको १ सय ३६ स्थानीय तहको प्रतिनिधित्व हुनुपर्ने प्रावधान छ । तर जिल्ला अधिवेशनहरु हुन सकेको छैन् । जिल्ला समन्वय समिति बनाइएकाले विगत जस्तो अधिकार नयाँ विधानमा छैन् । प्रदेश र स्थानीय तहलाई शक्तिशाली बनाईएको छ ।

Monday, April 22, 2019

राजपा बैठकमा महाधिवेशन माथी जोड

राजपा नेपालको आइतवार देखि सुरु भएको पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष मण्डलका नेताहरुले महाधिवेशन गर्नमा जोड दिएका छन  । बैठकको दोस्रो दिन सोमवार अध्यक्ष मण्डलका ६ ओटै अध्यक्षहरुले महाधिवेशनमा जोड दिएका हुन । आइतवार सुरु भएको बैठकमा संयोजक शरदरसिंह भण्डारीले पार्टीको महाधिवेशन सहित तीन ओटा एजेन्डाहरु प्रस्तुत गरेका थिए । सोमवार बोल्ने क्रममा अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुरले पार्टी एकिकरणको तीन बर्ष पुगे पनि महाधिवेशन हुन नसकेको भन्दै सक्दो चाडो पार्टीको महाधिवशन गर्नु पर्नेमा जोड दिएका थिए । अर्का सदस्य राजेन्द्र महतोले नियमित महाधिवेशन नभए पनि विशेष तरिकाले पनि पार्टीको महाधिवेशनमा जानु पर्नेमा जोड दिएका थिए । 

Sunday, April 21, 2019

फोरम-महाधिवेशनको तयारी तीव्र

संघिय समाजवादी फोरम नेपाल महाधिवेशन तयारीको अन्तिम चरणमा पुगेको छ । आउदो बैशाखको २७ देखि जनकपुरमा हुने फोरमको महाधिवेशनको लागी फोरम स्थानिय, क्षेत्रिय, जिल्ला र प्रदेशहरुको अधिवेशन सकाउन लागेका छन । अशोक राई नेतृत्वको तात्कालिन पार्टी संग एकिकरण गरे पछि फोरमले एकता महाधिवेशन गर्न सकेको छैन । एकिकरण लगतै मधेशमा भएको आन्दोलन र त्यस पछि पार्टी निर्वाचनमा होमिएका कारण फोरमको महाधिवेशन हुन सकेको थिएन । 

राजपाको पदाधिकारी बैठक सुरु

राजपा नेपालको पदाधिकारी बैठक आइतवार देखि काठमाडौमा सुरु भएको छ । पार्टीको महाधिवेशन, फोरमसंग पछिल्लो समयमा एकिकरणको चलेको चर्चा र प्रदेश सरकारको समिकक्षा गर्न राजपाले आइतवार देखि पदाधिकारी बैठक गरेको जनाएको छ । आइतवार दिउसो पार्टी कार्यलयमा सुरु भएको पदाधिकारी बैठकमा राजपा सयोजक शरदसिंह भण्डारीले बैठकमा एजेन्डाहरु प्रस्तुत गरेका थिए । 

Saturday, April 20, 2019

राजपाले मनायो तेस्रो बार्षीकोत्सव

महाधिवेशन तय गर्न पदाधिकारी बैठक बस्दै 

मधेशी पार्टीहरु एकिकरण गरेर गठन भएको राष्टिय जनता पार्टी नेपालले शनिवार तेस्रो बर्षगाठ मनाएको छ । तीन बर्ष अगाडी तात्कालिन संयूक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध ६ घटकहरु पार्टी एकिकरणको घोषणा गर्दै राजपा नेपाल भन्ने नयां दल गठन गरेका थिए । पार्टीे एकिकरणको मिती बैशाख ७ गतेलाई बर्षगाठ मनाउदै आइरहेको राजपाले शनिवार काठमाडौ सहित मधेशका सबै जिल्लाहरुमा पार्टी स्थानि दिवसको उपलक्ष्यमा कार्यक्रमहरु गरेका थिए ।

काठमाडौको कालिकास्थान स्थित अमृतभोग पार्टी प्यालेसमा केन्द्रिय समितिले आयोजना गरेको भेटघाट तथा जलपान समारोहमा प्रमुख दलहरुका नेताहरु, नेपाल स्थित कुटनितिक नियोगका अधिकारीहरु सगै विभिन्न संघसस्थाको साथै नागरिक अगुवाहरुको उपस्थिती थियो । राजपाको तेस्रो बर्षगाठको शुभकानमना दिन काग्रेस सभापति शेरबहादुर देउवा, नयां शक्तिका संयोजक डा बाबुराम भटराई, अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी, राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशम्भेर राणा लगायतका  शिर्ष नेताहरु कार्यकममा पुगेका थिए । नेकपा नेता तथा वर्तमान सरकारकाम परराष्टमन्त्री प्रदीप ज्ञवाली पनि कार्यक्रममा पुगेर राजपालाई शुभकामना दिएका थिए । कार्यक्रममा फोरम अध्यक्ष उपेन्द्र यादव भने पुगेका थिएन ।