Thursday, September 13, 2018

संविधान दिवसको विरुद्धमा राजपाले गर्ने विरोध कार्यक्रममा शिर्ष नेताहरु सहभागी हुने

३ असोजमा मनाइने सविधान दिवसको विरुद्धमा विरोध प्रर्दशन र विरोधसभा गर्ने निर्णय गरेको राजपाले त्यसमा  शिर्ष नेताहरुले खटाउने भएको छ । विहिवार राजपा संयोजक महन्थ ठाकुरको हस्ताक्षरमा जारी गरिएको विज्ञिप्ती अनुसार ठाकुर पर्सा र बारामा हुने विरोधसभालाई सम्बोधन गर्ने छ ।  त्यसैगरि राजपाका अर्का शिर्ष नेता राजेन्द्र महतो पश्चिम मधेशका बाके, बर्दीया र कैलालीको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने छन । यसै गरि दुई नम्बर प्रदेशको सरकारमा मन्त्रीहरु रहेका राजपा नेताहरुले समेत जनकपुर, राजविराज लगायतका ठाउमा विरोध सभालाई सम्बोधन गर्नै राजपाले जनाएको छ ।

 पार्टीको विद्यान पारित 
 
यसै गरि सोमवार देखि विहिवार सम्म राजपाको अध्यक्ष मण्डल बैठकले पार्टीको नयां विद्यानलाई समेत स्विकृत गरेको छ । विहिवार राजपाका अध्यक्ष मण्डल संयोजक ठाकुरद्धारा जारी विज्ञिप्तमा पार्टीको र प्रदेश तथा संघिय संसदीइ दलको विद्याँनलाई समेत पार्टीले स्विकृत गरेको छ ।
 
आउदो बैशाखमा महाधिवेशन गर्ने राजपाले आउदो कार्तिक सम्म पार्टीको सदस्यता विरतण खुल्ला रहने जनाएको छ ।
 
यसको साथै निर्वाचनताका पार्टी छाडेर गएका आफना नेताहरुलाई समेत राजपाले पार्टीमा फर्कन आग्रह गरेको छ ।

No comments:

Post a Comment