Sunday, September 9, 2018

राजपा अध्यक्ष-मण्डलको बैठक बस्दै

पार्टीको विद्याँन देखि महाधिवेशन तयारी समिती सम्मको एजेन्डा

राष्टिय जनता पार्टी नेपालको अध्यक्षमण्डल बैठक सोमवार बस्दै छ । पार्टीको संशोधित विद्यान, महाधिवेशन समितीहरु गठन र समसमायीक राजनितीक अवस्था वारेको छलफल बैठकमा हुने नेताहरुले जनाएका छन । आउदो बैशाखमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय यस अघि नै राजपाले गरे पनि त्यसको तयारी थाल्न सकेको छैन । 

आइतबारका लागि नै तय भएको बैठक सोमबार बस्न लागेको हो ।

सोमबारको बैठकमा  जिल्ला अधिवेशनहरुको विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् । जिल्ला समितिलाई पठाउनुपर्ने पत्र २ महिनाअघि तयार भए पनि अहिलेसम्म पठाइएको छैन । पार्टी केन्द्रले जिल्लालाई पत्र पठाएपछि मात्र जिल्ला अधिवेशनको तयारी हुने भए पनि रोकिएको कारण सोमबारको बैठकले यसबारे टुंगो लगाउने सम्भावना छ ।

जिल्ला अधिवेशन नै नभए केन्द्रीय महाधिवेशन समेत प्रभावित हुने देखिएपछि अध्यक्ष मण्डलको बैठकले ठोस निर्णय लिन लागेको हो ।

यसको साथै गएको जेठमै तयार भएको पार्टी विद्यानलाई समेत राजपाले अनुमोदन गर्न सकेको छैन । पार्टीको राजनितीक समितीले समेत सुझाव दिएको तीन महिना कटी सक्दा राजपाले आफनो पार्टीको विद्याँनलाई टुग्याउन सकेको छैन । सोमवार देखि बस्न लागेको बैठकले पार्टीको विद्यानलाई समेत औपचारिकता प्रदान गर्ने तयारी गरेको छ ।


No comments:

Post a Comment