Thursday, September 13, 2018

संविधान दिवसको विरुद्धमा राजपाले गर्ने विरोध कार्यक्रममा शिर्ष नेताहरु सहभागी हुने

३ असोजमा मनाइने सविधान दिवसको विरुद्धमा विरोध प्रर्दशन र विरोधसभा गर्ने निर्णय गरेको राजपाले त्यसमा  शिर्ष नेताहरुले खटाउने भएको छ । विहिवार राजपा संयोजक महन्थ ठाकुरको हस्ताक्षरमा जारी गरिएको विज्ञिप्ती अनुसार ठाकुर पर्सा र बारामा हुने विरोधसभालाई सम्बोधन गर्ने छ ।  त्यसैगरि राजपाका अर्का शिर्ष नेता राजेन्द्र महतो पश्चिम मधेशका बाके, बर्दीया र कैलालीको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने छन । यसै गरि दुई नम्बर प्रदेशको सरकारमा मन्त्रीहरु रहेका राजपा नेताहरुले समेत जनकपुर, राजविराज लगायतका ठाउमा विरोध सभालाई सम्बोधन गर्नै राजपाले जनाएको छ ।

Tuesday, September 11, 2018

संविधान दिवसको विरुद्धमा विरोध प्रर्दशन गर्ने राजपाको निर्णय

केन्द्रीय सरकारलाई समर्थन र प्रदेश २ मा आफ्नै सरकार बनाएको दल राष्ट्रिय जनता पार्टी राजपाले संविधान दिवसको विरोधमा वि।रोध प्रर्दशन गर्ने निर्णय गरेको छ ।  मंगलवार सकिएको सो पार्टीको दुई दिने अध्यक्ष मण्डल बैठकले ३ असोजको दिउसो विरोध प्रर्दशन र विरोधसभाहरु गर्ने निर्णय गरेको छ । सरकारले धुमधामका साथ संविधान दिवस मनाउने तयार गरिरह्दा राजपाले त्यसको विरुद्धमा त्यही साझ बत्ती निभाएर ब्लायक आउट पनि गने मधेशका आम नागरिकसंग अपिल गरेको छ ।

Monday, September 10, 2018

राजपाको बैठक मंगलवार पनि बस्दै

सोमवार देखि सुरु भएको राजपाको बैठक मंगलवार पनि बस्दै छ । सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी नेपालले संविधान जारी भएको तेस्रो संविधान दिवस असोज ३ लाई कसरी लिने भन्ने निर्णय गर्न सकेको छैन। सोमबार बसेको राजपा अध्यक्षमण्डलको बैठकमा असोज ३ लाई कालो दिवसका रूपमा मनाउने कि विरोध मात्र जनाउने भन्ने विषयमा छलफल भएको थियो। तर यस विषयमा सोमबारको बैठकमा कुनै निर्णय नगरी मंगलबार पुनः बैठक बस्नेगरी बैठक टुंगिएको थियो। असोज ३ लाई कसरी मनाउने भन्ने विषयमा मंगलबार बस्ने अध्यक्षमण्डलको बैठकले निर्णय गर्ने राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बताए ।

Sunday, September 9, 2018

राजपा अध्यक्ष-मण्डलको बैठक बस्दै

पार्टीको विद्याँन देखि महाधिवेशन तयारी समिती सम्मको एजेन्डा

राष्टिय जनता पार्टी नेपालको अध्यक्षमण्डल बैठक सोमवार बस्दै छ । पार्टीको संशोधित विद्यान, महाधिवेशन समितीहरु गठन र समसमायीक राजनितीक अवस्था वारेको छलफल बैठकमा हुने नेताहरुले जनाएका छन । आउदो बैशाखमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय यस अघि नै राजपाले गरे पनि त्यसको तयारी थाल्न सकेको छैन ।