Wednesday, July 25, 2018

दुई नम्बर प्रदेशमा थपिए तीन राज्यमन्त्री

केन्द्र सरकार संग दिनप्रति मतभिन्ता वढी रह्दा प्रदेश नम्बर २ का मुख्यमन्त्रीले आफनो सरकारमा तीन जना राज्यमन्त्री वुधवार थपेका छन । राजपाको सिफारिसमा मुख्यमन्त्री लालबाबु राउतले वुधवार सुरेश मंडल, अभिराम शर्मा र डिम्पल झालाई राज्यमन्त्रीको सपथ गराएका हुन । मंडल उद्योगराज्यमन्त्री, शर्मा समाजिक विकास राज्यमन्त्री र झा भौतिकराज्यमन्त्रीको सपथ लिएका हुन ।


पछिल्लो समयमा केन्द्र सरकारसंग प्रहरी ऐन, मलेठ घटनाको प्रतिवेदन, नागरिकता सम्बन्धी व्यवस्था लगायतका मुद्धामा प्रदेश नम्बर २ का सरकारको फरक मत सार्वजनिक भएको हो ।

केन्दीय गृहमन्त्री केहि दिन अघि मात्रै जनकपुर पुगेर प्रदेश सरकारको प्रहरी ऐनलाई अहिले रोक्न भनेका थिए । त्यसै गरि राष्टिय मानव अधिकार आयोगले सार्वजनिक गरेको मलेठ प्रतिवेदनलाई गलत भन्दै प्रदेशसरकारले आफनो गृहमन्त्रीको नेतृत्वमा छुटै छानविन समिती गठन गरेको छ । यसै गरि प्रदेशका गृहमन्त्रीले नागरिकता सम्बन्धी परिपत्र हालै प्रदेशमा पर्ने जिल्ला प्रमुखलाई पत्राचार गरेको र त्यो जिल्ला प्रमुखले नमान्ने संकेत दिए पछि केन्द्र संग २ नम्बर प्रदेशको फरकपन वढदै गएको देखिएको छ ।

यसरी केन्द्र संग मतभिन्नता वढदै गए पछि प्रदेश नम्बर दुईको फोरम राजपा सरकारमा थपिएका तीन जना राज्यमन्त्रीहरु मधेश आन्दोलनका सक्रिय अनहारहरु हुन । उनीहरु वुधवार मैथली र हिन्दी भाषामा सपथ लिएका हुन ।

No comments:

Post a Comment