Monday, July 23, 2018

प्रदेश नम्बर दुईमा राजपाले छान्यो तीन राज्यमन्त्री

लामो समय देखि खाली रहेको राज्यमन्त्रीहरुमा राजपाले पार्टीको तीन जना सासंदलाई सिफरिस गर्ने निर्णय गरेको छ । सोमवार बसेको अध्यषमण्डल बैठकले दुई नम्बर प्रदेशको उद्योगराज्यमन्त्रीमा सुरेश मंडल, भौतिकराज्यमन्त्रीमा डिम्पल झा र समाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्मालाई   सिफारिश गर्ने  निर्णय गरेको छ ।

राज्यमन्त्रीमा सिफरिस भएकी झा राजपा अध्यक्ष मण्डल सदस्य अनिल झाकी पत्नी हुन भने मंडल सिरहा र शर्मा महोत्तरीका हुन ।

फोरम नेपाल संग मिलेर संयुक्त सरकार बनाएको ६ महिना पछि राजपाले आफनो भागको मन्त्रीरुको पुर्णता सोमवार दिएको छ । दुई नम्बर प्रदेशमा राजपाको तर्फवाट रामनरेश राय उद्योगमन्त्री, जितेद सोनल भौतिक मन्त्री र नवलकिशेर शाह समाजिक विकास मन्त्री छन ।

No comments:

Post a Comment