Sunday, July 22, 2018

मलेठ प्रतिवेदन माथी मानव अधिकार आयोगकै मोहना अन्सारीको असहमती

राष्टिय मानव अधिकार आयोगले हालै मलेठ घटना सम्बन्धी सार्वजनिक गरेको प्रतिवेदन माथी आयोगकै सदस्य मोहना अन्सारीले लिखित असहमती राखेका हुन । अन्सारीले समाजिक सन्जाल टिवटर मार्फत आफुले मलेठ प्रतिवेदन माथी असहमती राखेको खुलाएका छन । अन्सारी मधेश आन्द्योलन सहित पछिल्लो समयमा देशमा भएको विभिन्न द्धटनाको सुक्ष्म अनुसन्धान र अनुगमन गर्ने आयोगका अधिकारी हुन ।


अघिल्लो हप्ता आयोगले मलेठ घटनामा स्थानिय मधेशी मोर्चा दोषी रहेको  निष्कर्ष सहितको प्रतिवेदन सार्वज्निक गरेको थियो । अन्सारीले आफु नेतृत्व्को अनुगमन टोलीले उक्त घटनामा सुरक्षा निकाय, तात्कालिन एाले पार्टी र मधेशी मोर्चा सबैको कमजोरी देखिएको निष्कर्ष निकालेको खुलाएका छन ।



आयोगले मलेठ घटना सम्बधी प्रतिवेदन सार्वजनिक गरे संगै मधेशका विभिन्न जिल्लामा त्यसको विरोध भएको छ भने राजपा समेत विज्ञिप्त निकाल्दै आयोग माथी प्रश्न उठाएका थिए ।

No comments:

Post a Comment