Saturday, July 21, 2018

राजपा अध्यक्षमण्डल द्धारा वुद्धजीवीहरु संग अन्तक्रिया

विहिवार प्रधानमन्त्री र नेपाली काग्रेसका सभापति संग छुटा छुटै भेटघाट गरेका राजपाका अध्यक्ष मण्डलले शनिवार वुद्धजिवीहरु संग काठमाडौमा अन्तक्रिया गरेका छन । राजपाका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुरले संचालन गरेको उक्त अन्त्क्रिया कार्यक्रममा वुद्धजिवीहरुले राजपालाई आ आफनो सुझाव दिएका थिए । ठाकुरले संचालन गरेको कार्यक्रममा राजपा नेताहरुले बोलेका थिएनन । ठाकुर सहित सबै नेताहरुले वुद्धजिवीहरुको कुरा सुनेका थिए ।

अन्तक्रियामा सिके लाल, युग पाठक, सुन्दरमणी दिक्षीत, सुरेन्द महतो, रमेशनाथ पाण्डे, दमननाथ ढुंगाना लगायतकाले राजपालाई आआफनो सुझाव दिएका थिए ।

वुद्धजिवीहरुले राजपालाई प्रष्ट रप्मा आफनो राजनितीक लाइएनमा उभिन समेत सुझाएका थिए । उनीहरुले सरकारलाई समर्थन गरेमा सरकारमा सहभागी हुन र नत्र समर्थन फिर्ता लिएर सक्शक्त प्रतिपक्षीको भुमिकामा उत्रिन सुझाएका थिए । यता पनि उता पनि गरेर राजनितीक अगाडी वढन नसक्ने सल्लाह दिदै वुद्धजिवीहरुले आफनो राजनितीक मान्यतालाई अगाडी वढाउन राजपालाई सल्लाह दिएको थियो ।
 
राजपा अध्यक्ष मण्डलले वुद्धजीवीहरुको सल्लाह पश्चात आफुहरु पार्टी भित्र यस वारेमा छलफल गर्ने बताएका छन ।

No comments:

Post a Comment