
राजपाले प्रधानमन्त्री ओलीलाई गराएको ध्यानाकर्षणमा मधेश आन्न्दोलनताका उठेको एजन्डाहरुको समबोधन, संविद्यानमा गर्ने भनिएको सम्बोधन, रेशम चौधरी सहितको मुद्धा फिर्ताहरुको वारेमा राजपालेमुख्य गरी प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
यसको साथै राजपाले ०७४ सालको वाढीपिडितको उचित व्यस्थापन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणताका घोषणा गरिएको रकमको व्यस्थापन र कार्यक्रमको वारेमा समेत राजपाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
यसको साथै राजपाले प्रधानमन्त्री ओलीलाई वर्तमान सरकारवाट भइरहेको मुल्यवृद्धि र डा गोविन्द केसीको अनसनको वारेमा समेत ध्यानाकर्षण गराएका छन ।
विहिवार प्रधानमन्त्रीलाई ७ बुदे ध्यानाकर्षण बुझाएको राजपाका अध्यक्ष मण्डल शनिवार काठमाडौमा मधेशका बुद्धजिवी, नागरिक समाजका अगुवा सहितकाहरु संग समेत छलफल कार्यक्रम राखेका छन । राजपा कसरी अगाडी वढनु पर्ने विषयमा विभिन्न क्षेत्रका व्यक्रिहरुले सल्लाह दिने छन ।
No comments:
Post a Comment