Wednesday, July 18, 2018

राष्टिय मानव अधिकार आयोगको मलेठ सम्बन्धी प्रतिवेदन प्रति राजपाद्धारा प्रश्न चिन्ह्

राष्टिय मानव अधिकार आयोगले हालै सप्त्तरीको मलेठमा ५ जनाको मृत्यु सहितको घटना सम्बन्धी दिएको प्रतिवेदनको निक्ष्पक्षता माथी राजपा नेपालले प्रश्न चिन्ह् उठाएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले वुधवार विज्ञिप्त जारी गर्दै आयोगले मलेठ घटनामा मधेशी मोर्चा माथी देखाएको दोषको कुनै तुक नभएको समेत बताएका छन । राष्टिय र अन्तराष्टिय स्तरका कयौन संस्थाहरुले उक्त घटना घटे लगत्तै बोलीसकेको अवस्थामा मानव अधिकार आयोगले अहिले आएर पुर्वाग्राही ढंगले प्रतिवेदन ल्याएको राजपाको निष्कर्ष छ ।

आयोगले मलेठ घटना सम्बन्धी प्रतिवेदन सार्वजनिक गरे संगै मधेशका जिल्लाहरुमा त्यसको विरोध समेत भएको छ । मंगलवार जनकपुरको रामानान्द चौकमा युवाहरु भेला भएर आयोगको प्रतिवेदनको विरोध गरेका थिए ।

डेढ बर्ष अगामी एमालेको मेचि महाकाली अभियानको क्रममा सप्त्तरीको मलेठमा आयोजना गरिएको कार्यक्रममा तात्कालिन आन्दोलनरत मधेशी मोर्चाले विरोध गरे पछि भिडन्तको अवस्था सिर्जना भएको थियो । भिडन्तलाइ नियन्त्रणमा लिन प्रहरीले गोली चलाउदै आन्दोलनरत मोर्चाका ५ जनाको मृत्यु भएको थियो भने दर्जनौ धाइते भएका थिए ।
 
डा केसीको जीवनरक्षा गर्न राजपाको अपिल 

यसै विचमा शिक्षा विद्येयकको विरोधमा अनसनरत डा गोविन्द केसीको जिवन रक्षा गर्न समेत राजपाले सरकार संग माग गरेको छ । राजपाले अनसनरत डा केसीको अवस्था नाजुक हुदै गएको भन्दै सरकारलाई समस्या सामाधान गर्न समेत माग गरेको छ । 

No comments:

Post a Comment