
डिब्बा किन्न रकम अपुग भएपछि जनकपुर-जयनगर खण्डमा भारतीय डिब्बा लिजमा लिएर संचालनमा ल्याइने तयारी भएको छ । सरकारले पुसभित्रै भारतीय डिब्बा ‘वेट लिज’मा लिएर रेल संचालनमा ल्याउने तयारी गरेको हो ।
नेपाल भारत क्रस बोर्डर रेल सेवा सञ्चालन सम्वन्धी प्रोजेक्ट स्टेररिङ कमिटी (पिएससी) बैठकमा नेपाली पक्षले ‘वेट लिज’मा रेल दिन भारतलार्इ प्रस्ताव गरेको थियो । भारतीय पक्षले ‘वेट लिज’मा रेलको डिब्बा दिन सहमति जनाएको छ । समितिले दिएको प्रस्ताव दुबै देशको उच्च तहमा पेश हुनेछ। उच्च तहबाट निर्णय भएपछि रेल चल्ने टुंगो लाग्नेछ ।
रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले ‘वेट लिज’मा रेल दिन भारत तयार भएको बताए । सरकारले बजेटमा डिब्बा किन्न ५० करोड विनियोजन गरिएको छ । डिब्बा किन्नका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्छ।‘वेट लिज’मा चालक र क्रु मेम्बर सम्वन्धित कम्पनीकै हुन्छ।यो सहमतिलार्इ दुबै सरकारले कार्यान्वयनमा ल्याउन तयार भए भारतीय चालक र क्रु मेम्बर पनि आउनेछन् ।
काठमाडौंलार्इ भारतको सीमावर्ती शहर रक्सौल जोड्ने रेलमार्ग छिट्टै अघि बढाउने विषयमा समेत नेपाल र भारत विचमा सहमति भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रक्सौल-काठमाडौ रेलमार्ग भारतीय सहयोगमा निर्माण गर्ने सम्झौता भएको थियो। सोही सम्झौतालार्इ कार्यान्वयनमा ल्याउनका लागि दुर्इ पक्षका वीच छिट्टै सर्भेको काम अघि बढाउने सहमति भएको छ। वैठकमा सहभागी हुनका लागि भारतीय पराराष्ट्र मन्त्रालयका सहसचिव नामग्या खाम्पा र नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा सहभागी छन् ।
No comments:
Post a Comment