Thursday, July 12, 2018

राजपा संसदीय दलको विद्यानमा समेत लफडा

आन्तरिक किचलोका कारण राष्टिय जनता पार्टी नेपालले संसदीय दलको विद्यान समेत विहिवार सम्म पारित गर्न सकेका छैन । संसदीय दलको नेता चयनका लागी शनिवारको मिती तोकेको राजपामा अध्यक्ष मण्डल भित्रको मतभेदका कारण विहिवार दलको विद्यान पारित हुन नसकेको नेताहरुले बताएका छन । विहिवार बसेको अध्यक्ष मण्डल बैठकमा राष्टियसभा का सासंदहरुले समेत मतदान गर्न पाउने विषयमा महन्थ ठाकुर पक्षधर नेताहरुले अडान कसे पछि सहमती हुन नसकेका हुन । संसदीय दलको विद्यानमा राजपाका राष्टियसभा सासंदहरुले मतदान गर्न पाउनु पर्ने संशोधन पार्टी भित्र हालेका थिए ।

विहिवार दलको विद्यान नै पारित गर्नका लागी बसेको बैठकमा अध्यक्ष मण्डल सदस्यहरु विभाजित भए पछि बैठक शुक्रवार पुन बस्ने गरि स्थगीत भएको थियो । शुक्रवार दलको विद्यान राजपाले पारित नगरेको खण्डमा शनिवार दलको नेता चयनमा समेत अप्ठायारो सिर्जना हुन सक्छ ।

अध्यक्ष मण्डलकै मतभेदका कारण गएको राजनितीक समिती बैठक समेत विना कुनै निर्णय सकिएको थियो । अध्यक्ष मण्डलका संयोजक ठाकुर शनिवार राती आफनो नियमित उपचारका लागी दिल्ली जानु पर्ने भएकाले शनिवार दिउसो सम्ममा दलको नेता चयन गर्ने गरिको कार्यक्रम संसदीय दलको बैठकमा दिएका थिए ।

तर ठाकुरकै केहि निकटस्त नेताहरुले दलको विद्यान सहितको विषयमा भाजो हाल्ने काम गरेका कारण विहिवार सम्म राजपाले विद्यान समेत पारित गर्न सकेका छैन । विहिवार बसेको अध्यक्ष मण्डल बैठकमा शरदसिंह भण्डारी र राजेन्द्र महतोले दलको विद्यान र दलको नेता सहमतीमै छान्ने प्रस्ताव राखेका थिए ।

शुक्रवार बस्ने बैठकले यस वारेमा निर्णय लिने भन्दै विहिवारको बैठक सकिएको थियो । प्रमुख दलहरु समेतमा राष्टियसभाका सासंदहरुले संघिय संसदीय दलको नेताको मतदानमा मत दिन पाउदैन । दलको नेताले आवश्यकता परे बमोजिम राष्टिय सभाका लागी दलको नेता मनोनित गर्ने प्रावद्यान छ । 

No comments:

Post a Comment