Tuesday, July 10, 2018

संसदीय दलको विद्यान माथी राजपामा ६ ओटा संशोधन

संसदीय दलको विद्यान माथी राष्टिय जनता पार्टीमा मंगलवार ६ ओटा संशोधन प्रस्ताव पेश गरिएको छ । सोमवार बसेको संसदीय दलको बैठकले सासंदहरुलाइ विद्यान माथी संशोधन पेश गर्नका लागी मंगलवार दिउसो १२ वजे सम्मको समय दिइएको थियो । सासंदहरुले राजपाका संयोजक महन्थ ठाकुर समकक्ष लिखित रुपमा दलको विद्यान माथी संशोधन पेश गरेका हुन ।

राजपा अध्यक्ष मण्डलको मंगलवार दिउसो बसेको बैठकले उक्त संशोधन प्रस्तावहरु माथी छलफल गर्दै वुधवार त्यसको वारेमा कानुनी सल्लाह लिने निष्कर्ष निकालेका हुन ।

राजपा नेताहरुका अनुसार राष्टियसभाका राजपा सासंदहरु बृषेशचन्द्र लाल र रमेश यादवले दलको नेताको निर्वाचनमा आफुहरु पनि मतदान गर्न पाउनु पर्ने प्रस्ताव संशोधनको रुपमा पेश गरेका हुन । प्रमुख दलहरु काग्रेस र कम्युनिष्ट पार्टीमा राष्टियसभाका सासदहरुले दलको नेताको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था छैन ।  

यसै गरि प्रतिनिधीसभाका ४ जना सासंदहरुले छुटा छुटै आआफनो प्रस्ताव पेश गर्दै उपनेताको व्यवस्था नगर्न सहितका प्रस्तावहरु पेश गरेका हुन । वुधवार राजपाका शिर्ष नेताहरु कानुनी रुपमा सल्लाह लिए पछि दलको विद्यानलाई परिर्माजन गर्दै पारित गर्ने छन ।
 
आउदो शनिवार दलको नेता चयन गर्न लागेको राजपा भित्र सहमती मै दलको नेता चयन गर्नु पर्ने आवाज वलियो गरि उठिरहेको छ । मंगलवार दिउसो बसेको अध्यक्ष मण्डल बैठकमा समेत त्यस वारेमा छलफल भएको नेताहरुले बताएका छन । 

No comments:

Post a Comment