Sunday, July 8, 2018

राजपा अध्यक्ष-मण्डलद्धारा संसदीय दलको बैठक आब्हान

पार्टीको विद्यान र महाधिवेशनको मत वारेमा विभाजित राजपा अध्यक्ष-मण्डलको आइतवार बसेको बैठकले सबै कुरा सर्वसह्मतीमा अगाडी वढाउने निष्कर्ष निकालेको छ । शनिवार अध्यक्ष मण्डलकै सदस्यहरुको फरक फरक धारणाका कारण राजनितीक समिती बैठकले कुनै ठोस निर्णय गर्न नसके पछि आइतवार अध्यक्ष मण्डलको छुटै बैठक बसेको छ । आइतवार दिउसो पार्टी कार्यलयमा बसेको बैठकले सोमवार साढे ११ बजे संसदीय दलको बैठक आब्हान गरेको छ ।

पार्टीको विद्यान वारेमा विभिन्न मत भए पछि संसदीय दलको विद्यान वारेमा राजपा भित्र खासै फरक मत नदेखिएकाले पहिलो संसदीय दलको विद्यान राजपाले पारित गर्न लागेका हुन । सोमवार बस्ने संसदीय दलको बैठकमा संसदीय दलको विद्यान प्रस्तुत गरेर राय संकलन गर्ने कार्यतालिका रहेको नेताहरुले बताएका छन । भोलीकै संसदीय दलको बैठकले दलको नेता चयनका लागी कार्यतालिका समेत सार्वजनिक गर्न सक्ने नेताहरुले बताएका छन ।

राजनितीक समितीको बैठकमा राजपा नेताहरुले चाडो भन्दा चाडो संसदीय दलको नेता चयन गर्न अध्यक्ष मण्डललाई आग्रह गरेका थिए । राजनितीक समितीमा प्रस्तुत गरिएको पार्टीको विद्यान वारेमा देखिएको मतभिन्नतालाई समेत आइतवार देखिनै सुल्झाउने प्रयास सुरु भएको नेताहरुले बताएका छन । शनिवारको राजनितीक समिती बैठकमा खास गरि महेन्द्र यादवले आफनो फरक अडान राखेका थिए । 

No comments:

Post a Comment