Saturday, July 7, 2018

राजपा अध्यक्ष-मण्डलमा मतएकतव्य नभए पछि निष्कर्ष विहिन भयो बैठक

आइतवार अध्यक्ष-मण्डलको बैठक बस्ने  

गएको विहिवारदेखि सुरु भएको राजनितीक समितीको बैठक विना कुनै निर्णय गर्दै शनिवार साझ सकिएको छ । राजनितीक समिती बैठकको अन्तिम दिनमा अध्यक्ष मण्डलका सदस्यहरुले सम्बोधन गरेका थिए । बैठकमा सहभागी नेताहरुका अनुसार पार्टीको विद्यान देखि महाधिवेशन सम्मको विषयमा अध्यक्ष मण्डल सदस्यहरुको फरक फरक धारणा देखिए पछि संयोजक महन्थ ठाकुरले आइतवार अध्यक्ष मण्डलको बैठक गरेर निर्णयहरु लिने भन्दै बैठक सकिएको घोषणा गरेका थिए । नेताहरुका अनुसार अध्यक्ष मण्डल सदस्य महेन्द्र यादवले महाधिवेशन र पार्टीको विद्यान वारेमा फरक धारणा राखेका थिए भन्ने राजकिशोर यादवले विद्यान र महाधिवेशनको वारेमा आफनो धारणा नै नराखेका थिए । राजपाले आइतवार दिउसो १ वजे अध्यक्ष मण्डलको बैठक डाकेको छ । अध्यक्षमण्डल बैठकले राजनितीक समितीको सुझाहरुलाई आधार बनाएर निर्णयहरु गर्ने छन ।

शनिवारको बैठकमा पार्टीको परिर्वर्तीत विद्यान भन्दा पर गएर नेता यादवले अहिलेको एकिकृत केन्द्रिय समितीलाई महाधिवेशन प्रतिनिधी मानेर एकताको महाधिवेशन हुनु पर्ने आफनो अडान राखेका थिए । अर्को नेता यादवले महाधिवेशन र विद्यान भन्दा पनि पार्टीले सशस्त्र दस्ता बनाएर सत्ता संग लडन माग गरेका थिए । तेस्रो मधेश आन्दोलनले खासै उपलब्धी नभएको भन्दै यादवले सत्तासंग लडनका लागी सशस्त्र दस्ता बनाएर अघि वढनु पर्नेमा जोड बताइएको छ ।

राजपाको राजनितीक समितीमा पार्टीको विद्यान, संसदीय दलको विद्यान र महाधिवेशनको वारेमा एजेन्डाहरु प्रस्तुत गरिएको थियो । संसदीय दलको विद्यानका कारण निर्वाचनको ६ महिनाविति सक्दा पनि दलको नेत ाचयन हुन सकेको छैन भने पार्टीको विद्यानले निर्वाचन आयोगको कानुनी दायरा अनुसार पार्टीले महमधिवेशन गर्नु पर्नै हुन्छ ।
 
बैठकमा राजपा नेताहरु लक्ष्मणलाल कर्ण, वृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ सुक्लाले बनाएको विद्यान पारित गर्नका लागी प्रस्तुत गरिएको थियो । विद्यानले राजपाको संगठनलाई गाउ,नगरको वडा देखि मतदान केन्द्र सम्मको पार्टी कमिटी बनाएर अघि वढन सुझाएका छन । राजपाको विद्यानले वुथ कमिटी, वडा कमिटी, गाउ, नगर कमिटी, प्रदेश निर्वाचन क्षेत्रिय, प्रतिनिधीसभा क्षेत्रिय,  जिल्ला कमिटी, प्रदेश कमिटी र केन्द्रीय समिती गरि ८ तहको पार्टी संरचना बनाउन सुझाएका छन ।
 
महाधिवेशन पछि पार्टीलाई हालको अध्यक्ष मण्डलको सटा एक जना अध्यक्ष, सहअध्यक्ष, उपाध्यक्ष, महासमिती सहितीको कार्यसमिती बनाउन समेत विद्यानले सुझाएका छन ।
 
शनिवार भएको राजनितीक समिती बैठकमा अध्यक्षमण्डल सदस्य राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झाले पार्टीलाई तल देखि नै  नयां संरचना बनाउदै महाधिवेशनमा जानु पर्ने धारणा राखेका थिए । संयोजक ठाकुरले एक हप्ता भित्रमा आफुले विद्यान देखि संसदीय दलको नेता चयन सम्मको काम गर्ने जानकारी बैठकमा गराएका थिए ।

No comments:

Post a Comment