Friday, July 6, 2018

महाधिवेशनको स्थान सहित तयारी वारेमा राजपाले निर्णय गर्दै

विहिवार देखि राजनितीक समितीको बैठक गरिरहेको राजपाले शनिवार पार्टीको महाधिवेशनको स्थान, तयारी सम्बन्धी समितीहरुको गठन सहितको पार्टीको विद्यान र संसदीय दलको विद्यान पारित गर्दै छन । यस अघि नै अगामी बैशाखको ७ देखि ९ गते राजपाले पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । बैशाखमा हुने राजपाको महाधिवेशन राजविराज, जनकपुर र विरगंज मध्ये एक ठाउ राजपाले गर्ने गरिछलफल गरिरहेको छ । शनिवार यसको औपचारिक निर्णय हुन लागेको छ ।

महाधिवेशनको आवश्यक पाटीृको परिमार्जित विद्यान र संसदीय दलको विद्यान समेत राजपाले शनिवार पारित गर्दै छन ।

यो बैठकले दलको विद्यानपारित गरे संगै राजपाले संसदीय दलको नेता चयनको समेत प्रक्रिया आउदो हप्तामा सुरु गर्ने छन ।

एक बर्ष अगाडी तात्कालिन मधेशी मोर्चामा आबद्ध ६ ओटा दलहरु मिलेर राजपा नेपाल गठन गरेको थियो । एकता पछि एक बर्ष मै महाधिवृशन गर्ने भनिए पनि तीन तहका निर्वाचनहरुका राजपाले महाधिवेशन गर्ने समय  नपाएका पार्टीले जनाएको थियो ।

No comments:

Post a Comment