Thursday, July 5, 2018

राजपाको राजनिती समिती बैठक सुरु

राष्टिय जनता पार्टी नेपालको राजनितीक समिती बैठक विहिवार देखि काठमाडौमा सुरु भएको छ । पार्टी कार्यलय बबरमहलमा विहिवार देखि सुरु भएको बैठक शुक्रवार पुन बस्ने नेताहरुले बताएका छन । पार्टीको संशोधित विद्यान, संसदीय दलको विद्यान, महाधिवेशनको स्थान तय सहितको एजेन्डा वारेमा छलफल गर्न सुरु भएको बैठक अघि वुधवार अध्यक्ष मण्डलले बैठक गरेर एजेन्डाहरु तय गरेका थिए ।

निर्वाचन आयोगको कानुनी बाध्यताका कारण पार्टीको विद्यान संशोधन गर्दै अर्को बर्षको बैशाख ७,८ र ९ गते पार्टीको महाधिवेशन गर्ने निर्णय राजपाले यस अघि नै गरिसको छ । यता निर्वाचन सम्पन्न भएको ६ महिना भन्दा वढी वितिसक्दा पनि पार्टीले संसदीय दलको चयन विद्यानकै कारण समेत गर्न सकेका थिएन । यो बैठकमा पार्टीको संशोधीत विद्यान नेताहरु लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ सुक्ला  र वृषेशचन्द लालले तयार पारेर पेश गरेका छन । यसै गरि यस अघि नै तयार भइसकेको संसदीय दलको विद्यान समेत पास गर्ने गरि पेश गरिएको छ । संसदीय दलको विद्यान पारित भए संगै राजपाले दलको नेता चयन गर्ने जनाएको छ ।

गएको मंसीरमा भएको प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा नेकपा र काग्रेस पछि तेस्रो दल राजपाले प्रतिनिधसभामा भएको छ । २ नम्बर प्रदेशमा फोरम संग मिलेर सरकार बनाएको राजपा केन्द्रमा फोरम सरकार गए पनि उ बाहिर नै बसेर संविद्यान संशोधन, मधेश आन्दोलनताका झुठा मुद्धा फिर्ता, रेशम चौधरी लगायतका मुद्धाहरु सम्बोधन हुनु पर्ने अडान लिदै आएका छन ।
 

No comments:

Post a Comment