Tuesday, July 17, 2018

राजपाले प्रदेशको राज्यमन्त्रीहरुको टुगो लगाउदै

राष्टिय जनता पार्टी नेपालले प्रदेश नम्बर २ को सरकारमा पठाउनु पर्ने राज्यमन्त्रीहरुको टुगो लगाउदै छन । मंगलवार देखि सुरु भएको अध्यक्ष अध्यक्षमण्डल बैठकमा यस वारेमा छलफल सुरु भएको नेताहरुले बताएका छन । संघिय संसदको दल नेता चयन गरे पछि राजपाले प्रदेश तर्फको राज्यमन्त्रीहरुको टुगो लगाउन कस्सीएका छन । २ नम्बर प्रदेशमा फोरम नेपाल संग मिलेर सरकार बनाएको राजपाले मन्त्रीहरु पठाए पनि सरकार गठनको ६ महिना विति सक्दा सम्म राज्यमन्त्रीको टुगो लगाउन सकेका छैन ।

मंगलवार देखि सुरु भएको राजपा अध्यक्ष मण्डल बैठकको राज्यमन्त्रीको विषय संगै पार्टीको महाधिवेशनको तयारी सम्बन्धमा समेत छलफल सूरु भएको नेताहरुले जनाएको छ । आउदो बैशाखमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको राजपा त्यसको स्थान देखि विद्यान र समितीहरुको टुगो लगाउनु पर्ने छ ।

केहि समय अघि राजनितीक समितीको बैठक गरेको राजपाले अध्यक्षमण्डलवाट त्यसको टुगो लगाउने बताएका थिए ।
 
मंगलवार देखि सुरु भएको अध्यक्षमण्डल बैठक वुधवार समेत बस्ने राजपाले जनाएको छ ।
 
फोरमसंगको सहकार्यमा रहेको २ नम्बर प्रदेशको सरकारमा राजपाका तीन जना मन्त्रीहरु छन । राजपाले ३ राज्यमन्त्रीहरु बनाउन पाउने छन ।

No comments:

Post a Comment