Saturday, July 14, 2018

राजेन्द्र महतोको प्रस्तावमा महन्थ ठाकुर राजपा संसदीय दलको नेतामा चयन

राष्टिय जनता पार्टी नेपालको शनिवार बसेको संसदीय दलको बैठकले पार्टी संयोजक महन्थ ठाकुरलाई दलको नेतामा चयन गरेको छ । सिंहदरवार स्थित संसदीय दलको कार्यलयमा बसेको बैठकमा राजपाका अधयक्ष मण्डल सदस्य राजेन्द्र महतोले ठाकुरलाई दलको नेतामा चयन गर्ने प्रस्ताव गरेका थिए । महतोले ठाकुरलाई दलको नेतामा प्रस्ताव गरे पछि बैठकले सर्वसम्मत तरिकाले ठाकुरलाई नेताको रुपमा चयन गरेको बैठक पछी राजपाले जनाएको छ ।


संघिय ससंदको पहिलो बैठक भएको ६ महिना भन्दा वढीविति सक्दा पति राजपाले  संसदीय दलको नेता चयन गर्न नसक्दा उनको आलोचना हुने गरेको थियो । अघिल्लो हप्ता मात्रै राजपाको बसेको राजनितीक समिती बैठकमा राजपा नेताहरुले अध्यक्ष मण्डलको चकोृ आलोचना गरे पछि संयोजक ठाकुरले एक हप्ता भित्र संसदीय दलको टुगों लगाउने बताएका थिए ।
 
पछिल्लो समयमा पार्टीको विद्यान देखि संसदीय दलको विद्यान सम्ममा अध्यक्ष मण्डल भित्र मतभेद देखिए पछि राजपा अनिर्णयहरुको बन्दी बन्दै आएको थियो । शुक्रवार मात्रै अवेर साझ संसदीय दलको विद्यान टुगो लगाए पछि शनिवार राजपाले दलको नेता चयन गरेको हो ।
 
दलको नेत ा चयन भए लगत्तै ठाकुरको अध्यक्षतामा बसेको राजपाको संसदीय दलको बैठकले दुवै सदनमा राजपालाई कसरी प्रस्तुत गराउने सम्बन्धमा छलफल भएको थियो ।
 
वर्तमान सरकारलाई विश्वासको मत दिए पनि राजपा संविद्यान संशोधन, मधेश आन्दोलनको मुद्धाहरु फिर्ता, रेशन चौधरीको मुद्धा फिर्ता लगायतका मागहरु उठाउदै आएका छन ।

No comments:

Post a Comment