Monday, July 9, 2018

संसदीय दलको नेता शनिवार बनाउदै राजपा

निर्वाचन सम्पनन भएको ६ महिना पछि राष्टिय जनता पार्टी नेपाल आफनो संसदीय दलको नेता छान्दै छन । सोमवार बसेको राजपाको संसदीय दलको बैठकले आउदो शनिवार दलको नेता चयन गर्ने अनौपचारिक सहमती गरेको राजपाका सासदहरुले बताएका छन । सोमवार बसेको संसीदय दलको बैठकमा दलको विद्यान प्रस्तुत गरिएको छ । राजपाका सासंदहरुलाइ मंगलवार दिउसो सम्म उक्त विद्यान माथीको धारणा लिखित रुपमै राख्न बैठकले भनेको छ । सासदहरुले विद्यानमा चाहको कुरा मंगलवार सम्म दिए पछि राजपाले त्यो पारित गर्नु पर्ने हुन्छ ।

एक बर्ष अगाडी ६ ओटा मधेशी पार्टी  एकता गरेर बनेको राजपाले दलको नेता नछान्दा पार्टी भित्र र वाहिर उनको आलोचना हुदै आएको छ । सोमवार बसेको राजपाको संसदीय दलको बैठकमा सासंदहरुले अध्यक्ष मण्डललाई दलको नेता चयन गर्ने वारेमा सहमती कायम गर्न सुझाएका छन ।

अध्यक्ष-मण्डल भित्रै दलको नेताको लागी सहमती नभए निर्वाचनको प्रक्रिया मार्फत दलको नेता चयन हुनेछ । एक भन्दा वढी सासंदले दलको नेतामा दाबी गरे पछि निर्वाचन मार्फत नेता चयन गर्ने प्रावद्यान छ ।

No comments:

Post a Comment