Thursday, February 15, 2018

दुई नम्बर प्रदेशका मूख्यमन्त्रीले लिए सपथ

पहिलो मन्त्रीपरिषदवाट सहिद परिवारलाई रोजगारी दिने निर्णय ।

दुई नम्बर प्रदेशको मुख्मन्त्रीमा नियुक्त लालबाबु राउतले विहिवार पद तथा गोपनियताको सपथ लिएका छन । विहिवार दुई नम्बर प्रदेशको प्रदेश प्रमुखले एक कार्यक्रमको विचमा मुख्मन्त्री राउतलाई सपथ गराएका थिए । मुख्यमन्त्रीमा राउतको सपथ संगै फोरम नेपाल र राजपाले सिफरिस  गरेको एक एक जनाले समेत मन्त्री पदको सपथ लिएको छ । सपत लिएका मन्त्रीहरुमा फोरम वाट विजय यादव छन भने राजपावाट जितेन्द्र सोनल । यादव आन्तरिक मामला त योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन भने सोनल भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन ।

सपथ भए लगत्तै मुख्यमन्त्री र मन्त्रीहरु मधेश आन्द्योलनका सहिदहरुको समाधी भएको स्थल जनकपुरको मुजेलीया पुगेर श्रदान्जली अर्पण गरेका थिए । त्यस पछि दुई नम्बर प्रदेशको बसेको पहिलो मन्त्रीपरिषद बैठकले मधेश आन्द्योलनमा सहिद भएका परिवारहरुमा एक एक जना रोजगार दिने सहित का निर्णयहरु गरेका थिए ।  नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले  मधेस आन्दोलनका सहिद परिवार र घाइतेका परिवारको हितलाई मध्यनगर गर्दै धाइतेहरुको उपचारमा सुविधा दिनका लागी परिचय पत्र समेत बनाउने निर्णइ गरेको हो ।

यसैगरी प्रदेश नम्बर २ भित्रका सरकारी तथा अर्धसरकारी, बन्द रहेका उद्योगहरु पुनः सञ्चालनमा ल्याउने आवश्यक पहल गर्ने, प्रदेश भित्र सुसाशनका संयन्त्र निर्माणका साथै विकासलाई कार्यन्वयन गर्न आन्तरिक तथा बैदेशिक सहयोग पाप्त गर्न संघीय सरकारसँग समन्वय गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
फोरम नेपाल र राजपाले मिलेर संयूक्त रुपमा बनाएको दुई नम्बर प्रदेशको सरकारको सपथ ग्रहणमा दुवै पक्षका शिर्ष नेताहरु समेत सहभागी भएका थिए । सपथ कार्यक्रममा राजपाका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका थिए । राजपाका अन्य पांच जना अध्यक्षहरु सपथ कार्यक्रममा देखिएन ।
 
सपथ कार्यक्रम पछि संचारर्मीहरु संग कुराकानी गर्दै मधेशका पहिलो मुख्यमन्त्री राउतले आफनो नेतृत्व्को सरकारले ५ स को सिद्धान्तको आधारमा मधेशमा शासन गर्ने जनाए । उनले, सुशासन, शिक्षा, स्वाथ्य, सडक र सिचाईलाई प्राथमिकतामा राख्ने बताएक थिए । फोरम र राजपा विचमा भएको सहमती अनुसार दुर्य नम्बर प्रदेशमा  दुवै पार्टीहरुले तीन तीन ओटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन । मुख्यमन्त्री फोरमले पाएका थिए भने सभामुख राजपाले पाएका छन । उपसभामुख पनि फोरमकै भागमा परेको थियो ।
 
विहिवार नै दुई नम्बरको प्रदेशसभाका लागी उपसभामुखमाफोरमका उपमा देवको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी छिन । यस अघि सभामुखमा समेत राजपाका सरोज यादव निर्विरोध भएका थिए ।

No comments:

Post a Comment