मुख्यमन्त्रीमा नियुक्त भएका राउतले बिहीबार पद तथा गोपनियताको सपथ लिने छन्। उनीसँगै राजपा र फोरम गठबन्धनले तत्कालका लागि तीन वा चार सदस्यीय मन्त्रीमन्डलसमेत गठन गर्ने तयारी गरेको छ। कुन मन्त्रालय कसले लिने भन्नेमा टुंगो नलागेको नेताहरुले बताएका छन ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई प्रतिक्रिया दिदैं मुख्यमन्त्री राउतले प्रदेश २ लाई समृद्ध र सक्षम बनाउने जिम्मेवारी आफ्नो कांधमा आएको बताए। उनले भने ‘मधेसवादी दल नेतृत्वको सरकारले सबैलाई साथमा लिई समृद्धिको पक्षमा र शहिदहरुको सपना साकार गर्न काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
वुधवारै प्रदेशसभाको बैठकले सभामुखमा सरोज यादवलाई निर्वाचित भएको घोषणा समेत गरेका थिए । उनले वुधवारै प्रदेश प्रमुखवाट सपथ लिएका छन ।
को हुन लालबाबु
प्रदेश नम्बर २ को मुख्यमन्त्री बनेका लालबाबु राउतको पूरा नाम मोहम्मद लालबाबु राउत गद्दी हो । पर्सा जिल्लाको क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वा्चित राउतको जन्म २०२३ साल असार १५ गते भएको हो । राउत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ निवासी हुन् । हाल वीरगञ्ज महानगर–१३ तेजारथ टोलमा बसिरहेका मो. राउतले अंग्रेजीमा एम.ए. र कानुन तिर एलएलबी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका राउत पढाइपछि अस्थायी प्राध्यापकका रुपमा ठाकुरराम बहुमुखी क्याम्पसमा १० वर्ष अध्यापन समेत गरेका छन् । उनले तत्कालीन वीरगञ्ज नगरपालिकामा १५ वर्ष काम समेत गरेका छन् । उनले २०७० सालको संविधानसभा निर्वाचनअघि जागिर छाडेका थिए ।
किसान परिवारमा जन्मिएका राउतको राजनीतिक यात्रा विद्यार्थीकाल देखी नै सुरु भएको हो । प्रारम्भमा नेविसंघ हुँदै कांग्रेसमा प्रवेश गरेका मो. राउत २०५८ साल देखि फोरमका सक्रिय छन् ।
गैरसरकारी संस्थाका रुपमा २०५७ सालमा फोरम स्थापना भएदेखि अध्यक्ष उपेन्द्र यादवलाई सक्रिय रुपमा सघाएका राउतले मधेस आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए । भने उनले २०७० सालदेखि फोरममा उपाध्यक्षको पद सम्हाल्दै आएका थिए ।
दोस्रो संविधानसभामा समानुपातिक सभासद बनेका उनी मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभामा झरेका थिए । र पर्सा १ ‘ख’ मा प्रतिद्वन्द्वी विजय सरार्फलाई ३ हजार भन्दा बढी मतले पराजित गर्दै विजयी भएका थिए

EDWARD JONES FINANCE IS THE BEST PLACE TO GET A LOAN {Jonesloanfinance@yahoo.com},
ReplyDeleteGod bless you sir, I will not stop telling the world about your kindness in my life, I am a single mum with kids to look after. My name is Emily Thomas and I am from Convention Center Drive, Miami Beach, FL . A couple of weeks ago My friend visited me and along our discussion she told me about EDWARD JONES FINANCE, that they can help me out of my financial situation, I never believed cause I have spend so much money on different loan lenders who did nothing other than running away with my money. I have been in a financial mess for the pass 7 months now, She advised I give it a try so I mailed him and explain all about my financial situation to him, he therefore took me through the loan process and gave me a loan of $390,000.00 at a very low interest rate of 2% and today I am a proud business owner and can now take good care of my kids, If you must contact any firm to get any amount of loan you need with a low interest rate of 2% and better repayment schedule, please contact EDWARD JONES FINANCE email:- {Jonesloanfinance@yahoo.com} OR Text +1(307) 217-5388