Tuesday, February 13, 2018

दुई नम्बर प्रदेशको मुख्यमन्त्रीका लागी लालबाबु राउतको नाउ सिफारिस

सभामुखमा सरोज यादव निर्विरोध 

दुई नम्बर प्रदेशमा मुख्यमन्त्रीका लागी फोरम नेपालका ससदीय दलका नेता लालबाबु राउतको नाउ मंगलवार सिफारिस भएको छ । फोरम र राजपाले मिलेर संयुक्त रुपमा राउतलाई मुख्यमन्त्रीमा नियुक्त गर्न मंगलवार प्रदेश प्रमुख समकक्ष सिफरिस गरेको हो । सोमवार मात्रै प्रदेश प्रमुखको सचिवालयले दलहरुलाई बहुमत पुर्याएर मुख्यमन्त्रीका लागी सिफारिस गर्न भनेको थियो । फोरम र राजपाले मिलेर दुई नम्बर बनाउने लागेको सरकार अनुरुप राउतलाई मंगलवार सिफारिस गरिएको जनाइएको छ । राउतको सपथ विहिवार दिउसो गराउने तयारी प्रदेश प्रमुखले गरिरहेको बताइएको छ ।

यसैगरि फोरम र राजपाले संयुक्त रुपमै सभामुखमा सरोज यादवलाई मंगलवार उम्मेदवार बनाएका थिए । प्रदेशसभाको सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंगलवार सभामुखको उम्मेदवारी दिने समय थियो । राजपाका संसदीय दलका नेता जितेन्द्र सोनल प्रस्ताव र फोरम नेपालका लालबाबु राउत समर्थक रहेको यादवको सभामुख उम्मेदवारी परे पछि उनको विरुद्धमा अरु कसैले उम्मेदवारी नदिएको संसद सचिवालयले जनाएको छ ।
राजपा नेता यादव मात्रै सभामुखको उम्मेदवार भए पछि वुधवार बस्ने संसद बैठकले उनलाई औपचारिक रुपमा सभामुख भएको घोषणा गर्ने छ ।

हिजो मात्रै राजपाका अध्यक्ष मण्डल संयोजक महन्थ  ठाकुरले विज्ञिप्त निकाल्दै सभामुखमा सरोज यादवलाई उम्मेदवारी बनाउने जनाएको थिए । त्यस संगै राजपाले दुर्य नम्बर प्रदेशको संसदीय दलको नेता जितेन्द्र सोनललाई बनाउने समेत निर्णय गरेको थियो ।

No comments:

Post a Comment