Saturday, February 10, 2018

दुई नम्बर प्रदेशमा सरकार बनाउने सम्बन्धमा फोरम-राजपा विच सहमती

दुई नम्बर प्रदेशमा सरकार बनाउन बहुमत ल्याएको फोरम नेपाल र राजपाको मधेशी गठवन्धनले सरकार बनाउने भागबन्डामा सहमती गरेको छ । शनिवार काठमाडौको तिनकुनेमा रहेको फोरम कार्यलयमा बसेको दुवै पक्ष विचको बैठकले मुख्यमन्त्री सहित तीन मन्त्रालय फोरम नेपाललाई र सभामुख सहित तीन मन्त्रालय राजपालाई दिने गरि सहमती गरेको छ । उपसभामुख फोरम नेपालले नै पाउने भएको छ । शनिवारको दुवै पक्षको बैठक पछि फोरम अध्यक्ष उपेन्द्र यादव र राजपाका संयोजक महन्थ ठाकुरद्धारा जारी गरिएको विज्ञिप्त अनुसार फोरमले मुख्यमन्त्री सहित आन्तरितक मामला तथा कानुन मन्त्रालय, आर्थिक तथा योजना र भुमि व्यवस्था तथा कृषी सह्कारी मन्त्रालय पाउने छन । त्यसैगरि राजपाले सभामुख सहित भौतिक पुर्वाधार, समाजिक विकास, उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालय पाउने छन ।

अघिल्लो मंगलवार जनकपुरमा भएको दुवै पक्षको बैठकमा दुवै तर्फवाट प्रस्ताव पेश भए पनि पछि सहमती गर्ने गरि नेताहरु काठमाडौ आएका थिए । राजपाले प्रस्ताव गरेको मुख्यमन्त्रीमा आलोपालोको सवालमा फोरम नेपाल अनइच्छुक देखिए पछि फोरम र राजपा विच सहमती नै नहने कि भन्ने आशंका पनि विस्तारै हुन थालेको थियो । यद्यपी राजपा र फोरम दुवै तर्फका नेताहरु दुई नम्बर प्रदेशमा आफुहरु मिलेरै सरकार बनाउने प्रतिवद्धता जनाउदै आएका थिए ।

गएको मंसीरमा भएको प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनमा फोरमले दुई नम्बर प्रदेशमा २९ र राजपाले २५ सिट ल्याएका थिए । रिजवान अन्सारीको नेपाल संघिय समाजवादी पार्टीले पनि शनिवार विज्ञिप्त निकाल्दै फोरम र राजपाको बन्ने प्रदेशसरकारलाई आफुहरुले समर्थन गर्ने जनाएको छ ।

No comments:

Post a Comment