Wednesday, February 7, 2018

राजपाको प्रस्ताव पछि फोरम आन्तरिक छलफलमा

दुई नम्बर प्रदेशको सरकार बनाउने वारेमा मंगलवार फोरम नेपालसंग राजपाले राखेको प्रस्ताव पश्चात फोरम नेपालका शिर्ष नेताहरु आन्तरिक परामर्शमा जुटेका छन । मंगलवार जनकपुरमा भएको दुई चरणको छलफलमा राजपाले राखेको प्रस्तावलाई औपचारिक रुपमा फोरमले स्विकार नगरिकन पछि थप छलफल गर्ने भन्दै बैठकवाट वाहिरिएका थिए । दुई नम्बर प्रदेशको फोरम नेपालको संसदीय दलको नेतामा हालै निर्वाचित भएका नेता लालबाबु राउतले दलानसंग कुरा गर्दै राजपा संग केहि दिन भित्रै सहमती हुने दावी गरे । राउतले भने, मंगलवारको बैठक वारेमा मिडियामा आएको जस्तो हामी विचमा कुरा नमिलेको होईन, राजपा र हामी दुवै पक्षले विभिन्न सम्भावनाहरु माथी कुराकानी गर्यौ । उनले भने, उहाहरुको केहि प्रस्तावहरु नआएको होईन तर त्यस माथी कुनै सहमतीय प्रयास हिजो भएन ।
 
फोरम नेपालले दुई नम्बर प्रदेशको मुख्यमन्त्रीका लागी समेत अघि सारिसकेको नेता राउत पनि जनकपुरवाट विरगंज पुगेका छन भने फोरम अध्यक्ष उपेन्द्र यादव पनि जनकपुर वाटै मंगलवार राती नै काठमाडौ आइसकेका छन । नेता राउतले राजपाका नेताहरु संग दुई तीन दिन भित्रै बस्ने अर्को बैठकमा सहमती हुने दावी गरे ।

राजपाले मुख्यमन्त्रीमा आलोपालो र सभामुख लिने घटकलाई वढी मन्त्रालयको प्रस्तावमाथी फोरमले मंगलवारको औपचारिक छलफलमा कुनै प्रकिक्रिया नजनाइकन नै हिडेका थिए । सार्वजनिक रुपमा भएको केहि कार्यक्रमहरुमा फोरम अध्यक्ष यादवले मुख्यमन्त्रीमा आलोपालो आफुहरुलाई मान्य नहुने बताएका थिए ।
कतिपय फोरमका निकटस्तहरुले राजपासंग सहमती नहुने अवस्थामा फोरमले वामविकल्प खोज्न सक्ने संकेत गरेका छन । केहि समय अघि काठमाडौमा एमाले अध्यक्ष केपी शर्मा ओली संग फोरम अध्यक्ष यादवको संवाद भएको थियो । यद्यपी दुई नम्बर प्रदेशमा फोरम, राजपा र काग्रेस सम्लीत संयुक्त सरकारको समेत चर्चा मधेशको राजनितीक वृतमा भएको थियो । 

निर्वाचन आयोगले प्रदेशसभाको नतिजा सार्वजनिक गरेको एक महिना भित्र मुख्यमन्त्री बनाइसक्नु पर्ने कानुनी प्रावद्यान छ । जनकपुरमा आज दुई नम्बर प्रदेशका मुख्यसचिवले सचारकर्मीहरु संग कुरा गर्दै ७ फागुन भित्र मुख्यमन्त्री सहितको मन्त्रीपरिषदप बनीसक्नु पर्ने धारणा राखेका थिए । फोरम नेपालका एक जना शिर्ष नेताले दलानसंग कुरा गर्दै भने,राजपाले वढी किचलो  गर्न खोजो फोरम नेपालले सबै भन्दा ठुलो दलको हैसियतले पहिला मुख्यमन्त्री बनाइहाल्छ, त्यस पछि विभिन्न विकल्प मध्ये एउटा संग सहमती गरेर अगाडी वढने छन ।

No comments:

Post a Comment